तिलमिलायो एमालेका एकताबिरोधी अतिवादी समूह



हाम्रो इकोनोमि

 

 

 नेकपा एमालेका पूर्व अध्यक्ष झलनाथ खनालले पार्टी एकताको पक्षमा बक्तब्य जारी गर्नुभएपछि माधव नपाल समुहमा रहेका केही अतिवादी पक्षधर आतंकित बनेका छन । नेता खनालले थप उपचारका लागि दिल्ली प्रस्थान गर्नुअघि जारी गर्नुभएको वक्तव्यलाई लिएर माधव नेपाल समूहका केही नेताहरुले हस्ताक्षर नै दुरुपयोग भएको भन्दै अफवाह फैलाउन थालेका छन ।

पूर्वप्रधानमन्त्री खनालले बुधवार पार्टी एकताको पक्षमा बक्तब्य जारी गर्नुभएको थियो । खनालले बुधबार दिल्ली प्रस्थान गर्नुअघि जारी गरेको वक्तव्यमा धैर्य र संयमका साथ पार्टी एकता जोगाउन प्रयत्न गरे सफल हुने भन्दै विभाजनको विपक्षमा उभिन पार्टी पंक्तिलाई आह्वान गर्नुभएको छ । खनालको सो वक्तव्य उहाँकै विचारविरुद्ध आएको भन्दै एमालेभित्रका अतिवादी र फूटपरस्त पक्षधरको वकालत गर्दै आउनु भएका जगन्नाथ खतिवडा, डा. विजय पौडेल, रामकुमारी झाँक्री लगायतका नेताले विरामी नेताको नाममा हस्ताक्षर दुरुपयोग गरेर वक्तव्य निकालिएको आरोप लगाउँदै एकताबिरोधी प्रतिक्रिया दिनुभएको छ । तर सो बक्तब्य एमाले नेता भीम आचार्यले ड्राफ्ट गरेको र खनाल स्वयंले अन्तिम रुप दिनुभएको उहाँको सचिवालयले जनाएको छ । एमाले केन्द्रीय लेखा आयोगका सदस्य होम बुढाथोकीले खनालले बिज्ञप्तीमा हस्ताक्षर गर्दा आफू परिवारका सदस्यसँगै अस्पतालमै रहेको बताउनु भएको छ ।

खनालको सचिवालय स्रोतका अनुसार खनालले आफू उपचारका लागि दिल्ली जानुअघि एकताको पक्षमा अपिल गर्ने इच्छा देखाउनु भएअनुसार विज्ञप्ति मस्यौदा गर्ने जिम्मा नेता आचार्यलाई दिनुभयो । आचार्यले मस्यौदा गरेका विज्ञप्तिमा केही शव्द थपघट गरेपछि स्वकीय सचिव कृष्ण भट्टराईले छाप लगाउनु भएको हो । खनालको हात कामेर हस्ताक्षर गर्न गाह्रो भएपछि आधिकारिक हस्ताक्षरको छपा लगाइएको थियो । एमाले नेता आचार्य पछिल्लो समय पार्टी एकताको पक्षमा खुलेरै लाग्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...