ओलीलाई झलनाथको आग्रह- बिन्ति छ, हिजोका सबै कुरा बिर्सेर पार्टी मिलाउनुस्



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई उपचारका लागि दिल्ली लैजानुअघि टेलफोनमार्फत स्वास्थ्यलाभको कामना गरेका छन् । ओलीले नेता खनालको उपचारका लागि सरकारले सघाउने बताएका छन् । आफू नेता खनालको स्वास्थ्य अवस्थाको पछिल्लो खबर सुनेर चिन्तित भएको भन्दै ओलीले ढुक्क भएर उपचारमा जान आग्रह गरेका छन् ।

शुरूमा अर्थमन्त्री विष्णु पौडेलले खनालसँग कुरा गरेर प्रधानमन्त्रीसँग कुरा गराएका थिए । प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग खनालले पार्टी मिलाउनुस् कमरेड भनेर आग्रह गरेको खनालसँगै रहेका एमाले केन्द्रीय लेखा आयोगका सदस्य होम बुढाथोकीले  बताए ।

खनालको भनाइ उदृत गर्दै बुढाथोकीले भने, ‘हिजो के-के भयो सबै तीता-मीठा बिर्सेर पार्टी एकता जोगाउनुस् कमरेड । म फर्केर आउँछु कि आउँदिन त्यो पनि थाहा छैन तर यो पार्टी एक रहोस् । तपाईं मुख्य ठाउँमा हुनुहुन्छ मिलाउनुस्, मेरो यही चाहना छ ।’

आफूलाई एकीकृत एमाले चाहिएको भन्दै खनालले ओलीलाई सबै कुरा बिर्सेर पार्टी मिलाइदिन आग्रह गरेका थिए । ओलीले पार्टी मिलाउन आफू अधिकतम लचिलो भएको भन्दै पार्टी मिलाउने आश्वासन दिएका छन् ।

खनालले आफूलाई हेट्न आएका महासचिव पोखरेललाई ‘तपाईं यो पार्टी बुझेको र भविष्य भएको नेता हो’ भन्दै मिलाउन आग्रह गरेको बुढाथोकीले जानकारी दिए । हातमै समातेर पोखरेललाई आग्रह गर्दा खनालको आँखामा आफूले आँशु देखेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...