मेलम्ची आयोजनाको लेवर क्याम्प बाढीले बगायो, मजदुरको अवस्था अज्ञात



हाम्रो इकोनोमि

 

 

अविरल वर्षाका कारण आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको क्याम्पमा क्षति पुगेको छ । आयोजनाको संरचनामा भने सुरक्षित रहेको मेलम्ची खानेपानी विकास समिति बताउँछ ।

हेलम्बु गाउँपालिका-१ आम्बाथाङमा रहेको मेलम्ची खानेपानी आयोजनाभन्दा केही तल रहेको क्याम्प बाढीले बगाएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले  बताए ।

उनले भने, ‘खानेपानीको मुहानमा रहेको हेडवर्क्समा बाढी पस्यो । संरचनामा अहिलेसम्मको अवस्था हेर्दा सुरक्षित छ । तर हेडवर्क्सभन्दा तल रहेको लेभर क्याम्प बगाएको छ ।’

लेवर क्याम्पमा हेडवर्क्स निर्माण गरिरहेका कामदारहरू बस्ने गरेका थिए । बाढीले क्याम्प बगाएपछि त्यहाँका कामदारको अवस्थाबारे जानकारी नआइसकेको पन्तको भनाइ छ । तर, क्याम्पभित्र हताहति भएको हुन सक्ने आशंका उनले व्यक्त गरेका छन् ।

प्रवक्ता पन्तले भने, ‘हेडवर्क्सका संरचनाहरू सबै पानीले डुबाएको छ । सरंचनाहरू पानीमुनि देखिन्छन् । तर क्षति देखिएको छैन अहिलेसम्म । पानी कम भएपछि मात्रै एकिन भन्न सकिन्छ ।’

खानेपानीको मुहानको गेट बन्द गरिएकाले सुरुङ सुरक्षित रहेको उनले बताए । सडक अवरुद्ध भएका कारण उक्त स्थानमा जान सम्भव नभएको उनको भनाइ छ ।

मेलम्ची आयोजनाकै दोस्रो चरणको निर्माणस्थल याङ्ग्री र लार्केमा रहेको क्याम्पमा पनि क्षति पुगेको छ । पाचँपोखरी थाङपाल गाउँपालिकाको इन्द्रावति खोलामा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको प्रवेशमार्गमा क्षति पुगेको हो । कामदारहरू बसेको क्याम्पमा समेत क्षति पुगेको छ

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...