रामबहादुर थापा पत्नी मन्त्री भएपछि बबण्डर



हाम्रो इकोनोमि

 

 

माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका नेताहरूले पूर्वगृहमन्त्री रामबहादुर थापासँग असन्तुष्टि जनाएका छन् । थापाले आफ्नै पत्नी नैनकला थापालाई मन्त्री बनाएपछि पूर्वमाओवादी नेताहरूभित्र विवाद भएको हो । थापाले आफ्नी पत्नीलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रीमा नियुक्ति गराएपछि विवाद भएको छ ।

पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायतका नेताहरूले रामबहादुर थापालाई नेता नमान्ने सहमति भएको स्रोतले जनाएको छ । थापाले आफ्नी पत्नीलाई मन्त्री बनाएपछि नेताहरूका बीच गडबढी भएको छ ।

पूर्वमाओवादी नेताहरूले एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसँग ५ वटा मन्त्रालय माग गरेका थिए । तर, पूर्वमाओवादी नेता थापाले एउटा मन्त्रालय मात्रै मागेर आफ्नी पत्नीलाई मन्त्री बनाएको आरोप छ ।

थापाले पत्नीलाई मन्त्री बनाएर आफूहरूसँग घात गरेको अन्य नेताहरूको आरोप छ । पूर्वमाओवादी नेताहरूले अब थापालाई आफूहरूको समूहको नेता नमान्ने सहमति गरेका छन् । उनीहरूले अब नयाँ नेता बनाएर पार्टीभित्र उपस्थिति जनाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...