रामबहादुर थापा पत्नी मन्त्री भएपछि बबण्डर



हाम्रो इकोनोमि

 

 

माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका नेताहरूले पूर्वगृहमन्त्री रामबहादुर थापासँग असन्तुष्टि जनाएका छन् । थापाले आफ्नै पत्नी नैनकला थापालाई मन्त्री बनाएपछि पूर्वमाओवादी नेताहरूभित्र विवाद भएको हो । थापाले आफ्नी पत्नीलाई सूचना तथा सञ्चार प्रविधि मन्त्रीमा नियुक्ति गराएपछि विवाद भएको छ ।

पूर्वमाओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायतका नेताहरूले रामबहादुर थापालाई नेता नमान्ने सहमति भएको स्रोतले जनाएको छ । थापाले आफ्नी पत्नीलाई मन्त्री बनाएपछि नेताहरूका बीच गडबढी भएको छ ।

पूर्वमाओवादी नेताहरूले एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसँग ५ वटा मन्त्रालय माग गरेका थिए । तर, पूर्वमाओवादी नेता थापाले एउटा मन्त्रालय मात्रै मागेर आफ्नी पत्नीलाई मन्त्री बनाएको आरोप छ ।

थापाले पत्नीलाई मन्त्री बनाएर आफूहरूसँग घात गरेको अन्य नेताहरूको आरोप छ । पूर्वमाओवादी नेताहरूले अब थापालाई आफूहरूको समूहको नेता नमान्ने सहमति गरेका छन् । उनीहरूले अब नयाँ नेता बनाएर पार्टीभित्र उपस्थिति जनाउने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...