देउवा माधव गुटसँग सशंकित, नयाँ लफडा सुरु



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले एकता प्रयास अगाडि बढेपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षसँग सशंकित भएका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच सहमति बनेर आफूलाई धक्का पर्नसक्ने आशंका गरेको बुझिएको छ ।

पछिल्लो समय ओली र नेपालबीच सहमति गराउन दुवै खेमाका दोस्रो तहका नेताहरु सक्रिय भएका छन् । ओलीले नेपालले राखेको शर्त बमोजिम २ जेठ २०७५ को अवस्थामा एमालेको संगठनलाई फर्काउने भनिसकेका छन् । यसबाट नेपाललाई ओलीसँग सहमति निकाल्ने दबाब बढेको छ ।

नेपाल खेमाका सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, घनश्याम भुसाल र योगेश भट्टराई सहमति बनाउन सक्रिय छन् । बामदेव गौतमका अलावा सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाललगायत नेताहरु पनि एकता बचाउन लागिपरेका छन् । उनीहरु सहमतिको सूत्र बनाउन सक्रिय हुँदा काँग्रेसभित्र आशंकाहरु बढिरहेको छ ।

नेपाल ओलीसँग सहमति गरेर सर्वोच्च अदालतमा दायर रिटबाट पछि हट्ने आशंकाहरु पनि गरिएको छ । नेपाल खेमाका २३ जना सांसदले रिट दर्ता फिर्ता गरे १४६ बाट १२३ मा झर्छ । जसका कारण मुद्दा नै कमजोर भई देउवालाई प्रधानमन्त्री बनाउने आदेशको दिन भन्दै दायर गरिएको रिटको पक्षमा फैसला नआउने अवस्था बन्न सक्छ ।

एमालेभित्र ओली र नेपाललाई मिलाउने प्रयास तिव्र भएपछि देउवाले नेपालसँग गम्भीर कुराकानी गरेका छन् । प्रचण्ड समेत बसेर तीन नेताबीच गठबन्धन टुट्न नदिने प्रतिवद्धता व्यक्त भएको छ । एकता टुटाउने प्रयास भइरहेको भन्दै सचेत हुने सहमति बनेको बुझिएको छ । नेपालले ओलीले प्रधानमन्त्री या पार्टी अध्यक्षमध्ये एक पद नत्यागेसम्म सहमति नहुने भन्दै आशंका नगर्न भनेको विश्वस्त स्रोतले बताएको छ ।

अहिले एमालेभित्र प्रदेशहरुमा सरकार बचाउन माधव नेपाल खेमालाई समेत समेटेर जाने तयारी भएको छ । बागमतीमा नेपाल खेमालाई मुख्यमन्त्री दिएर प्रदेश १ र लुम्बिनीमा सरकार बचाउने रणनीति समेत बनेको छ । सुदूरपश्चिममा पनि एमाले नेतृत्वको सरकार बनाउने प्रयास भएको छ । यसबाट देउवा मात्र नभई प्रचण्ड पनि सशंकित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...