एमाले मै फर्कने माधव नेपालको अन्तिम तयारी



हाम्रो इकोनोमि

 

नेकपा एमालेले असार २ गते बोलाएको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षको पनि सहभागीता हुने अपेक्षा गरेको छ । नेकपा एमाले स्थायी कमिटी सुवासचन्द्र नेम्वाङका अनुसार नेपाल पक्षलाई पनि सहमतीमा ल्याएर बैठकमा राख्ने योजना छ । ‘दुई गते आउन अझै तीन दिन बाँकी छ । यसबीचमा टुंग्याउनु पर्ने कुराहरु पनि धेरै छन्’ नेम्वाङले भन्नुभयो ‘आशा छ हाम्रो कोशिश सफल हुन्छ ।’

नेम्वाङले नेताहरुसँग अहिले पनि अनौपचारिक कुराकानी भइरहेको जानकारी दिनुभयो । प्रदेशहरुमा नीति कार्यक्रम पास गर्नका लागि एमालेका साँसदहरु एकै ठाउँमा उभिएका दृष्यले पनि केही न केही संकेत गरेको बुझ्नु पर्ने नेम्वाङको भनाइ छ । ‘धेरै कुरा मिलेका छन् । नमिलेका कुरातिर नजाँउ । तिनीहरु पनि मिल्दै जान्छन्’ नेम्वाङले भन्नुभयो ‘मिलेका कुराको नतिजा प्रदेशमा,संघीय सरकारमा छिटफुट देख्न थाल्नुभएको छ । बाँकी कुरा पनि मिलाउने कोशिश जारी छ । ’

यो बैठक माधव नेपालका लागि एमालेमै फर्कन अन्तिम अवसर हुनेछ । अदालको आदेशको सम्मेत सम्मान गर्दै स्थायी कमिटी बोलाइएको र सबैलाइ निमन्त्रणा दिइको बैठकअघि नै बाँकी विवादका विषयमा समेत सहमति खोजिने नेताहरूले बताएका छन ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...