एमाले मै फर्कने माधव नेपालको अन्तिम तयारी



हाम्रो इकोनोमि

 

नेकपा एमालेले असार २ गते बोलाएको स्थायी कमिटी बैठकमा माधव नेपाल पक्षको पनि सहभागीता हुने अपेक्षा गरेको छ । नेकपा एमाले स्थायी कमिटी सुवासचन्द्र नेम्वाङका अनुसार नेपाल पक्षलाई पनि सहमतीमा ल्याएर बैठकमा राख्ने योजना छ । ‘दुई गते आउन अझै तीन दिन बाँकी छ । यसबीचमा टुंग्याउनु पर्ने कुराहरु पनि धेरै छन्’ नेम्वाङले भन्नुभयो ‘आशा छ हाम्रो कोशिश सफल हुन्छ ।’

नेम्वाङले नेताहरुसँग अहिले पनि अनौपचारिक कुराकानी भइरहेको जानकारी दिनुभयो । प्रदेशहरुमा नीति कार्यक्रम पास गर्नका लागि एमालेका साँसदहरु एकै ठाउँमा उभिएका दृष्यले पनि केही न केही संकेत गरेको बुझ्नु पर्ने नेम्वाङको भनाइ छ । ‘धेरै कुरा मिलेका छन् । नमिलेका कुरातिर नजाँउ । तिनीहरु पनि मिल्दै जान्छन्’ नेम्वाङले भन्नुभयो ‘मिलेका कुराको नतिजा प्रदेशमा,संघीय सरकारमा छिटफुट देख्न थाल्नुभएको छ । बाँकी कुरा पनि मिलाउने कोशिश जारी छ । ’

यो बैठक माधव नेपालका लागि एमालेमै फर्कन अन्तिम अवसर हुनेछ । अदालको आदेशको सम्मेत सम्मान गर्दै स्थायी कमिटी बोलाइएको र सबैलाइ निमन्त्रणा दिइको बैठकअघि नै बाँकी विवादका विषयमा समेत सहमति खोजिने नेताहरूले बताएका छन ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...