माधव नेपाल गुटलाई तान्ने ओलीको अर्को मन्त्र



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल खेमालाई तान्न नयाँ अस्त्र तयार गरेका छन् । उनले नेपाल खेमाका नेताहरुसँग राजनीतिक लेनदेनको तयारी गरेका हुन् । विश्वस्त स्रोतका अनुसार ओलीले प्रदेश देखि केन्द्र सरकारसम्म राजनीतिक लेनदेनको रणनीति बनाएर छलफलमा लगेका छन् । नेपाल खेमाका नेताहरुलाई उनले विभिन्न जिम्मेवारीसहित तान्ने प्रयास गरेका छन् ।

गण्डकी प्रदेशमा पृथ्वी सुब्बा गुरुङ्ग नेतृत्वको सरकार ढलेपछि ओली खेमाले प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा सरकार जोगाउन पहल लागिसकेको छ । प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई र लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृतवको सरकार जोगाउन बागमती प्रदेशमा नेपाल खेमाकी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउने गरी छलफल बढेको छ । शाक्य विगत देखि नै मुख्यमन्त्रीकी दाबेदार हुन् ।

सुदूरपश्चिममा पनि ओली खेमाले माधव नेपाल खेमामा रहेका सभामुख अर्जुन बहादुर थापालाई मुख्यमन्त्री बनाउने गरी रणनीति बनाइसकेको छ । थापालाई मुख्यमन्त्री बनाउने प्रस्ताव ल्याएर २५ एमाले सांसद एकढिक्का बनाउने प्रयास बढाइएको छ । यसैगरी, ओलीले यसै हप्ता नवौं महाधिवेशनबाट निर्वाचित स्थायी कमिटीको बैठक बोलाउने भएका छन् । उनले निर्वाचित स्थायी कमिटीलाई ब्युँताएर माधव नेपाल खेमालाई एकताका लागि वाध्य बनाउन खोजेका छन् ।

सर्वोच्च अदालतमा १४६ जना विघटित प्रतिनिधि सभाका सांसदको देउवालाई प्रधानमन्त्री बनाउन रिट दायर भएकोमा माधव नेपाल खेमाको फिर्ता गराउन ओली लागिपरेका छन् । केहीले फिर्ता लिने सहमति जनाइसकेको तर १३ जना संख्या नपुगेपछि ओली माधव नेपालसँगै प्याकेजमा सहमतिका लागि विश्वासपात्रहरुलाई सक्रिय बनाइरहेका छन् । प्रदेश देखि केन्द्र सरकारसम्म माधव नेपाल खेमासँग राजनीतिक लेनदेन गरी पार्टी जोगाउने र सत्ता पनि जोगाउन उनको प्रयास देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...