दुईटै किड्नी नभएको मान्छेको पछि किन लाग्ने : दिपक मनाङे



हाम्रो इकोनोमि

 

 

गण्डकी प्रदेशमा दिपक मनाङे तेस्रोपटक मन्त्री नियुक्त भएका छन् । हिजो विनाविभागीय मन्त्रीको सपथ खानुअघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसँग जोडेर छुद्र टिप्पणी गरे । नयाँ सरकार गठनमा अलमल गरेको भन्दै कांग्रेस नेतृत्वमा प्रदेश प्रमुख निवासअघि विपक्षीहरु धर्ना बसेका थिए । दुई दिनअघि मन्त्रीबाट राजीनामा दिएका मनाङे पनि धर्नामा सहभागी थिए । त्यहाँ पत्रकारले उनलाई केही बोलिदिन आग्रह गरे ।

जवाफमा मनाङेले भने, ‘केपी ओलीको न वर्तमान छ, न भविष्य छ । तर, यसको पछि लाग्ने मान्छेहरुको बुद्धि छैन रैछ क्या । दुईवटा किड्नी नभएको मान्छे हो । अरुको त किड्नी छ नि यार । बुद्धि भए छिटो उसको साथ छोड्दा राम्रो हुन्छ । म त टाइममै छोडेर बचेँ ।’ यसअघि एमाले नेतृत्वको सरकारमा मनाङे युवा तथा खेलकुद मन्त्री थिए । सरकार ढल्ने अवस्था आएपछि उनी विपक्षी गठवन्धनमा सामेल भएका हुन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...