दीपक मनाङेलाई गृह मन्त्रालय



हाम्रो इकोनोमि

 

 

विपक्षी गठबन्धनलाई बहुमत पुर्‍याउन निर्णायक बनेका दीपक मनाङेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय (गृहमन्त्री)मा दाबी गरेका छन् । प्रदेश प्रमुख सीता पौडेलले दिएको समय आज ३ बजे सकिएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्दैछन् ।

नेपालीलाई मुख्यमन्त्री बन्नका लागि मनाङेको समर्थन निर्णायक बनेको छ । उनले पृथ्वीसुब्बा गुरुङको सरकारमा युवा तथा खेलकुद मन्त्रालय पाएका थिए । मन्त्री पदमा रहेकै बेला विपक्षी गठबन्धनमा लागेपछि उनलाई गुरुङले बर्खास्त गरेका थिए ।

कांग्रेस र माओवादी गठबन्धनका नेताहरुसँगको छलफलमा उनले आफूलाई गृह नभए अर्थ तथा योजना मन्त्री चाहिने बताएका छन् । अरु मन्त्रालयमा बसेर काम गर्न नसकिने रहेछ भन्दै मनाङेले पुलिस चलाउन गृहमन्त्री हुन चाहेको बताएका छन् ।

मनाङेमाथिको ज्यान मुद्दा सर्वोच्च अदालतमा विचारधीन रहेको छ । प्रहरीले अहिले पनि आफूलाई राम्रो नजरले नहेर्ने भएकाले गृहमन्त्री बन्न चाहेको मनाङेले निकटस्थलाई बताएका छन् । विपक्षी गठबन्धनले भने उनलाई अरु मन्त्रालयमा मनाउन प्रयास गरिरहेको छ। नयाँ सरकार गठनपछि मात्र मन्त्रालयको बारेमा छलफल हुने कांग्रेस नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...