बिपक्षी गठबन्धनले प्रधानमन्त्रीको हत्या योजना बनाएको सूचना पाइसकेका छौं : आनन्द पोखरेल



हाम्रो इकोनोमि

 

एमाले नेता आनन्द पोखरेलले नाथुराम गोड्से बनेर प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने कांग्रेस सांसदको नरोत्तम बैद्यको घोषणा बिपक्षी गठबन्धनको योजनाअनुसार नै आएको भन्दै कडा कार्वाहीको माग गर्नुभएको छ । एमाले बागमति अध्यक्ष पोखरेलले केही समयदेखि प्रधानमन्त्री ओलीबिरुद्ध गठबन्धनमा लागेका केही दलका नेता तथा कार्यकर्ताहरुले राजनीतिक र बैचारिक रुपमा मात्र होइन, भौतिक रुपमा ऊहालाई सफाया गर्न सक्ने सूचना प्राप्त भैरहेको भन्दै बैद्यको अभिब्यक्ति सोहीअनुसार आएको बताउनु भएको छ ।

‘प्रदेश सभाको बैठकमा पार्टीका अध्यक्ष र प्रधानमंत्रीलाई हत्या गर्छु भनेर बोल्न ब्यक्तिलाई प्रदेश सभाबाट निलम्बन गरी तत्कालै पक्राऊ गरी ज्यानमार्ने उधोग गरेको अभियोग मुद्दा चलाऊन माँग गर्दछु । यो बिषय सामान्य होईन, ब्यक्तिले मात्र लहडमा बोलेको होईन । यसमा गम्भिरै षड्यंत्र लुकेको छ । यसमा संलग्न सबै दोषिहरु पत्ता लगाउन एक शक्तिशाली आयोग बनाई तथ्य सत्य पत्ता लगाई सार्बजनिक गर्न नेपाल सरकार र प्रदेश सरकार संग जोडदार माग गर्दछु,’ पोखरेलले आज बिहानै फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भन्नुभएको छ ।

पोखरेलको भनाई जस्ताको तस्तै

केही समय यत्ता हाम्रो पार्टीका श्रदेय अध्यक्ष एबं सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध गठबन्धनमा लागेका केही दलका नेता तथा कार्यकर्ताहरुले राजनीतिक र बैचारिक रुपमा मात्र होइन, भौतिक रुपमा ऊहालाई सफाया गर्न सक्ने सूचना प्राप्त भैरहेको थियो । हामी त्यसलाई सुक्षम रुपले अध्यान गरिरहेका थियौ । हिजो मिति २०७८/२/२८ गतेका दिन काठमाण्डू प्रदेश ने ४ क बाँट निर्बाचित नेपाली काँग्रसका प्रदेश सभा सदस्य नरोत्तम बैधले बागमति प्रदेश सभाको बैठकको रोष्टमा ऊभिएर माहात्म गान्धिलाई नथुराम गोड्सेले मारे झै केपी शर्मा ओलीलाई मार्नु पर्छ र मार्छु भनेर बोलेका छन । प्रदेश सभाको बैठकमा पार्टीका अध्यक्ष र प्रधानमंत्रीलाई हत्या गर्छु भनेर बोल्न ब्यक्तिलाई प्रदेश सभाबाट निलम्बन गरी तत्कालै पक्राऊ गरी ज्यानमार्ने उधोग गरेको अभियोग मुद्दा चलाऊन माँग गर्दछु । यो बिषय सामान्य होईन, ब्यक्तिले मात्र लहडमा बोलेको होईन । यसमा गम्भिरै षड्यंत्र लुकेको छ । यसमा संलग्न सबै दोषिहरु पत्ता लगाउन एक शक्तिशाली आयोग बनाई तथ्य सत्य पत्ता लगाई सार्बजनिक गर्न नेपाल सरकार र प्रदेश सरकार संग जोडदार माग गर्दछु । हत्या जस्तो गम्भिर अपराधको वकालत गर्नेसबैलाई कानूनको दायरामा ल्याऊन अनुरोध पनि गर्दछु ।

जनताटाइम्सबाट साभार

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...