जनमोर्चाका २ सांसद कांग्रेसलाई बैना, चित्रबहादुरपनि मनाङ्गे पथमा



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले आफ्नो इज्जत र प्रतिष्ठालाई जीवनको उत्तरार्धमा पुग्दा बिक्रि गर्नुभएको टिप्पणी हुन थालेको छ । जीवनभर सदाचार नीति र सादगीपुर्ण जीवन बिताउनु भएका केसीले आफ्नो पार्टीका नेता मोहनबिक्रम सिंहकी कान्छी पत्नीलाई मन्त्री नबनाएको आवेसमा आएर इज्जत नै बिक्रि गर्नुभएको उहाँकै पार्टीका कार्यकर्ताले बताउन थालेका हुन ।

नेकपा मसालका महामन्त्री सिंह कान्छी पत्नी दुर्गा पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा मन्त्री बनाउन चाहनु हुन्थ्यो । स्रोतका अनुसार उहाँले यस बिषयमा प्रस्तावसमेत राख्नुभएको थियो । प्यूठान घर भएका एमाले केन्द्रीय सदस्य सूर्य थापाले यसअघि नै कान्छी भाउजु (मोहनबिक्रम पत्नी दुर्गा) मन्त्री नबनाएको झोंकमा जनमोर्चा कांग्रेसतिर लागेको तथ्य खोलिसक्नु भएको छ । सिंहको घर पनि प्यूठान नै हो । आफ्नो र पार्टीको हैसियतमा नभई एमालेकै बलमा संसदमा पुग्नुभएकी पौडेललाई मन्त्री नबनाएको रिस फेर्न सिंहको बफादार बनेर केसीले आफूलाई ‘ठमेलका गुण्डा नाइके भनेर कहलिएका’ स्वतन्त्र सांसद दिपक मनाङ्गेकै हाराहारीमा पुर्याउनु भएको हो ।

सादा जीवन उच्च बिचार भन्ने कुरा उहाँ (केसी) को ढोंङ रहेछ, आफू निर्णायक हुँदा बिक्रि हुने तथ्य गण्डकीबाट खुल्यो, कम्तीमा कृष्ण थापा चाँहि सच्चा जनताका नेता र इमान्दार हुनुहुँदो रहेछ,’ जनताटाइम्सको जिज्ञासामा केसी निकट जनमोर्चाकै एक नेताले भने । गण्डकीमा केसीले कम्युनिष्टबिरुद्ध लागेर कांग्रेससँग बिक्रि भएको ती नेताको भनाई छ । ‘जीवनभर जोसँग् लड्यो, जुन बिचारका बिरुद्ध आफूलाई उभ्यायो, त्यही बिचारमाथि गद्धारी गरेर कांग्रेसको भरिया बन्नु दुःखद हो, हाम्रो नेता यसरी बिक्लन भन्ने कल्पना गरिएको थिएन,’ चित्रहादुर केसीको बिषयमा पछिल्लो धारणा राख्दै गृहजिल्ला बाग्लुङकै जनमोर्चाका एक जिल्ला नेताले  भने ।

उनले केसी यसरी तल्लो तहमा जानुहोला भन्ने आफूहरुले कहिल्यै नसोचेको तर केसी जीवनको उत्तरार्धमा दिपक मनाङ्गे भन्दा पनि तल्लो हतमा पुग्नुभएको बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...