एमाले केन्द्रीय कमिटीमा कसको बहुमत ? (सूचीसहित)



हाम्रो इकोनोमि

 

 

अदालतले दिएको अन्तरिम आदेशमा एमालेको महाधिवेशन आयोजक कमिटीले गरेको कारवाहीमाथि प्रश्न उठाइएको छ । एमालेलाई जेठ २ मा फर्काउने सन्दर्भमा केपी ओलीले हालैमात्र ६ बुँदे वक्तव्य दिइसकेकाले जेठ २ को विषय ठूलो विवादमा छैन । जेठ २ मा फर्किने ओलीको वक्तव्यलाई माधव नेपाल पक्षकै मध्यमार्गी नेताहरूले समर्थन गरेकाले पनि एमालेमा एकपटक फेरि जेठ २ मा फर्किएका अवस्थामा के हुने भन्ने बहस चाहिँ चलेको छ ।

जेठ २ अघिका कमिटीहरू पुनर्वहाली गर्न केपी ओली तयार भए भने माधव नेपाल के गर्छन् ? नेपाल पक्षकै केही नेता अब त्यतिले मात्र नपुग्ने बताइरहेका छन् । नेपाल पक्षकै नेताहरू जो ओली पक्षसँग वार्तामा छन् उनीहरूले भने जेठ २ मा फर्केपछि पार्टी एकजुट हुने बताइरहेका छन् ।

विशेषगरी सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेता यस अभियानमा छन् । अदालतको पछिल्लो अस्पष्ट आदेश र ओलीको अस्पष्ट आह्वानका बीचबाट अब पार्टीलाई जेठ २ बाट अघि बढाउन सकिने मत उनीहरूको छ ।

जेठ २ मा फर्किँदाको अवस्थामा आजका एमालेभित्रका गुटहरू यथावत नरहन सक्छन् । तर, पनि नवौं महाधिवेशनबाट निर्वाचित २०७५ जेठ २ अघि मनोनयन प्रक्रियाबाट थपिएका २०१ सदस्यीय एमाले केन्द्रीय कमिटी ब्युँताएरै अघि बढ्दा पनि ओली सुविधाजनक बहुमतमा देखिन्छन् ।

तर, एमालेको केन्द्रीय कमिटीमा माधव नेपालसँग बलियो हिस्सा छ । पदाधिकारी र स्थायी कमिटीमा बराबर शक्ति छ । जेठ २ मा फर्किँदा अहिले एकता प्रक्रियामा रहेका एकाध पदाधिकारी ओलीसँग हुनसक्छन् । माओवादीसँग एकता गर्नुअघिको २०१ सदस्यीय केन्द्रीय कमिटीका केन्द्रीय सदस्यमध्ये कतिपयको निधन र केही संवैधानिक पदमा गएकाले रिक्त छन् ।

एमालेको उपाध्यक्ष विद्या भण्डारी राष्ट्रपति, गणेश तिमल्सिना राष्ट्रियसभा अध्यक्ष, सीता पौडेल प्रदेश प्रमुख , धर्मनाथ यादव प्रदेश प्रमुख र सानुकुमार श्रेष्ठ वागमती प्रदेशको सभामुख भएपछि केन्द्रीय सदस्य रहेनन् ।

त्यस्तै रविन्द्र अधिकारी, पशुपति चौलागाई, योगनारायण यादव, महिन लिम्बु र दिनेशचन्द्र यादवको निधन भइसकेको छ भने राधाकृष्ण मैनाली, प्रल्हाद गिरी जेठ २ अघि नै कारवाहीमा परेर निष्कासन भएका थिए ।

बाँकी रहेका केन्द्रीय सदस्यमध्ये वामदेव गौतम र हरि पराजुली एकता अभियान चलाइरहेका छन् । प्रदिप नेपाल निष्क्रिय छन् भने राजबहादुर बुढा माधव नेपाल पक्ष छाडेर बीचमा बसेका छन् ।

सोमनाथ अधिकारी प्यासी पनि प्रदेश प्रमुख भएका छन् । त्यस्तै वंशीधर मिश्र र महेन्द्रबहादुर पाण्डे राजदूत भएका छन् । यसबीचमा माधव नेपाल पक्षका केन्द्रीय सदस्य शेरबहादुर तामाङ, सोम मिश्र र गणेश पहाडी ओली पक्षमा लागेका छन् । तामाङ र पहाडी ओली पक्षमा लागेर मन्त्री समेत भइसकेका छन् ।

यी बाहेकका केन्द्रीय सदस्यहरूमध्ये केपी ओलीको पक्षमा १०४ जना देखिन्छन् भने माधव नेपालको पक्षमा ८४ जना देखिएका छन् । वामदेव गौतम र हरि पराजुली अन्तिममा माधव पक्षमा उभिदा यो संख्या ८६ हुनेछ ।

पदाधिकारीमध्ये अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिवव विष्णु पौडेल र सचिवहरू प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ ओली पक्षमा छन् । उपाध्यक्ष वामदेव माधव पक्षमा लाग्दा अन्य पदाधिकारीहरू उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू योगेश भट्टराई, भीम आचार्य र गोकर्ण विष्ट माधव पक्षमा छन् ।

२०७५ जेठ २ अघि फर्किँदा एमाले केन्द्रीय कमिटीको समीकरण कस्तो हुनेछ ? तल दिइएको सूचीमा पदेन सदस्यहरूको समेत नाम रहेको छ । यद्यपि केन्द्रीय कमिटीमा अल्पमत र बहुमत हुँदा उनीहरूको मतदान अधिकार हुँदैन नेपाल प्रेसले जनाएको छ ।

हेर्नुस् यो सूची:-

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...