ओलीलाई अर्को झडका, गण्डकीमा कांग्रेसको मुख्यमन्त्री बन्ने पक्का



हाम्रो इकोनोमि

 

 

गण्डकीमा नयाँ सरकार गठनका लागि विपक्षी गठवन्धनले गृहकार्य सुरू गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजो प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको बाटो खुलेको हो ।

वैकल्पिक सरकारको नेतृत्व लिन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल अघि सरेका छन् । कांग्रेससहित माओवादी, जसपा र जनमोर्चाको समर्थन उनलाई छ । स्वतन्त्र संसद दीपक मनाङेले पनि हिजो पदबाट राजीनामा दिँदे विपक्षी गठवन्धन लाग्ने घोषणा गरेका छन् । उनको समर्थनसँगै कृष्णचन्द्रको पक्षमा बहुमत जुटेको छ ।

हिजो भएको मतदानमा सरकारको पक्षमा २७ र विपक्षमा ३० भोट परेका थिए । ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत जुटाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ । हिजोको मतदानको आँकडाका आधारमा विपक्षी गठबन्धनलाई बहुमतमा लागि १ मत अपुग देखिएको थियो । मनाङेको समर्थनसँगै त्यो सुनिश्चित भएको हो ।

हिजो कांग्रेसका १५, माओवादीका ११ जसपाका २ र जनमोर्चाका २ सांसदले सरकारको विपक्षमा मतदान गरेका थिए । उनीहरु सबैले आफूलाई मुख्यमन्त्रीमा समर्थन गर्ने विश्वास पोखरेलको छ । पोखरेलले आफूहरूसँग सरकार गठनका लागि आवश्यक बहुमत रहेको बताए । उनले भने, ‘हामीसँग बहुमत छ । प्रदेश प्रमुखले आह्वान गरेपछि दावी पेस गर्छौं । दीपक मनाङे तपाईंहरूको सम्पर्कमा हुनुहुन्छ ? भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘हुनुहुन्छ-हुनुहुन्छ, सबै हुनुहुन्छ ।’

अहिले गण्डकी प्रदेशसभाको वैठक सुरू हुँदैछ । संविधानअनुसार अब प्रदेश प्रमुखबाट नयाँ सरकार गठनका लागि बहुमतको समर्थनसहित दावी पेश गर्न आह्वान हुने छ । कुनै पनि प्रदेश सांसदले बहुमत देखाएर आफूलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दावी पेस गर्न सक्छन् ।

यसअघि पनि नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखबाट आह्वान भएको थियो । एक महिनाअघि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकारका लागि आह्वान गर्दा कसैले पनि दावी पेस गर्न सकेका थिएनन् । त्यसपछि संसदको ठूलो पार्टीको हैसियतमा गुरुङ नै पुन मुख्यमन्त्री नियुक्त भएका थिए ।

अहिले जनमोर्चाका दुई सांसद र मनाङे विपक्षी गठवन्धनमा खुलेका छन् । जनमोर्चाका एक सांसद भने तटस्थ छन् । यसअघि पार्टीको ह्वीप उल्लंघन गरेको भनेर सांसदबाट बर्खास्त भएका थापालाई अदालतले पुनर्वहाली गरेको थियो । हिजोको मतदानमा पनि उनले जनमोर्चाको ह्वीप नमानी तटस्थ बसेका थिए । पार्टीले फेरि उनलाई कारवाही गरेको छ । तर, अब मनाङे आएपछि थापाको समर्थनबिना पनि पोखरेलसँग बहुमत जुटेको छ ।

 

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...