दिपक मनाङ्गेलाई गुण्डा भन्न मिल्दैन : प्रचण्ड



हाम्रो इकोनोमि

 

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको बिपक्षी गठबन्धनले बिगतमा आफैले भन्दै आएको कुरा गलत रहेको स्वीकारोक्ति गरेको छ । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिश्वासको मत लिँदा मन्त्रीमै रहेर पनि मतदानमा अनुपस्थित भई आफूहरुको सरकार निर्माणमा सघाउने भएपछि बिगतमा डन भनिएका दिपक मनाङ्गेलाई गुण्डाको उपमा नदिने निश्कर्ष बिपक्षी गठबन्धनले गरेको हो ।

गण्डकीका मुख्यमन्त्री गुरुङले बिहीवार बिश्वासको मत लिने निर्णय गर्नुभएको थियो । सो क्रममा उहाँले बिश्वासको मत पाउन नसकेपछि बिहीवारबाटै पदमुक्त हुनुभएको छ । गुरुङ नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री रहनुभएका दिपकले आफ्नै सरकारले बिश्वासको मत लिँदा अनुपस्थित हुनुभएपछि बर्खास्तमा पर्नुभयो । मुख्यमन्त्री गुरुङले बिश्वासको मत नपाएलगत्तै कांग्रेस सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा बसेको बिपक्षी गठबन्धनले मनाङ्गे गुण्डा नरहेको र आफूहरुसँग मिलेको भन्दै खुसियाली मनाइएको छ ।

बैठकमा देउवासहित माओवादी अध्यक्ष प्रचण्ड, कम्युनिष्ट आन्दोलन बलियो बनाउन कांग्रेसलाई सत्ता सुम्पनु पर्ने निर्णयसहित एमालेबिरोधी अभियानमा लाग्नुभएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका उपेन्द यादवसहितका नेताहरु सहभागी हुनुभएको थियो । बैठकमा सहभागी एक नेताले  दिएको जानकारी अनुसार प्रचण्डले नै मनाङ्गेलाई गुण्डा भन्न नहुने भन्दै बिषय प्रवेश गराउनु भएको थियो ।

बैठकमा मनाङ्गेकै बिषयमा झण्डै एक घण्टा छलफल भएको र माधव नेपाल, देउवा सवैले दिपक गुण्डा नभएको निश्कर्ष सुनाउनु भएको थियो । यसअघि मुख्यमन्त्री गुरुङले दिपकलाई मन्त्री बनाउँदा बिपक्षी गठबन्धनले सत्ता जोगाउन गुण्डाको सहारा भन्दै कडा आलोचना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...