एमाले नवौं महाधिवेशनको केन्द्रीय कमिटी यस्तो छ (नामावलीसहित)



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको नवौं महाधिवेशनले निर्माण गरेको कमिटी ब्युँतने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनले निर्माण गरेको कमिटीको बैठक डाक्ने तयारी समेत गरेको बुझिएको छ ।

नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए । उनले माधवकुमार नेपाललाई पराजित गरेका थिए । महासचिवमा इश्वर पोखरेल निर्वाचित भएका थिए । दुवै नेता अझै पनि पदाधिकारीमै छन् ।

एमालेको नवौं महाधिवेशनले १४४ जना केन्द्रीय कमिटी निर्वाचित गरेको थियो । ६१ जना वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका थिए । कुल २०५ केन्द्रीय कमिटी सदस्य निर्वाचित भएका थिए ।

 

पदाधिकारीमा माधव नेपाल समूहबाट चुनाव लडेकाहरु बढी निर्वाचित भएका थिए । केन्द्रीय कमिटीमा पनि दुवैतर्फ आधा आधा जस्तो संख्या थियो । तर, ७ वर्षयता अवस्था फेरबदल भइसकेको छ । अहलिे नवौं महाधिवेशनको केन्द्रीय कमिती सदस्यमध्ये कतिपयको मृत्यु भइसकेको छ । कतिपयले गुट परिवर्तन गरेका छन् ।

नवौं महाधिवेशनको केन्द्रीय कमिटीमा ओली खेमा बहुमतमा देखिन्छ । माधव नेपाल खेमामा ४० प्रतिशत पकड देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...