कसले रोक्यो महेशलाई गृहमन्त्री बन्नबाट



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । ७ मन्त्री र एक राज्यमन्त्रीसहित ओलीले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् । एमालेबाट ७ जना र जसपाको महन्थ ठाकुर पक्षबाट राजकिशोर यादवलाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रधानमन्त्री ओलीले यसअघि आफूसँग ७ मन्त्रालय राखेर जसपालाई दश मन्त्रालय लिएर मन्त्रिपरिषद विस्तार गर्दा नै एमालेबाट गृहमन्त्री बन्ने आकांक्षी नेताहरुको दौडधुप सुरु भएको थियो । सुरुदेखि नै गृहमन्त्रीमा महेश बस्नेत, खगराज अधिकारी र कर्ण थापाको नाम चर्चामा थियो । अन्तिममा गृहमन्त्रीमा अधिकारीले बाजी मारे ।

बस्नेत, अधिकारी र थापा तीनै जना प्रधानमन्त्री ओलीनिकट नेता मानिन्छन् । तर, चर्चा भने यसपटक बस्नेतको धेरै भएको थियो । प्रधानमन्त्री ओली बस्नेतप्रति सकारात्मक थिए । तर, उनका टिममा रहेका नेताहरु भने महेशप्रति अनुदार देखिए । खासमा प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले महेशलाई गृहमन्त्री बन्न नदिन ठूलो भूमिका खेलेका थिए ।

यो कुरा महेशले पनि आफूनिकट नेताहरुसँग गुनासो पोख्ने गरेका छन् । अर्को कुरा, अधिकारीलाई गृहमन्त्री बनाउनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले समेत भूमिका खेलेको बुझिएको छ । उनले प्रधानमन्त्री ओलीलाई अधिकारीलाई नै गृहमन्त्री बनाउन सुझाएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...