कसले रोक्यो महेशलाई गृहमन्त्री बन्नबाट



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । ७ मन्त्री र एक राज्यमन्त्रीसहित ओलीले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन् । एमालेबाट ७ जना र जसपाको महन्थ ठाकुर पक्षबाट राजकिशोर यादवलाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

प्रधानमन्त्री ओलीले यसअघि आफूसँग ७ मन्त्रालय राखेर जसपालाई दश मन्त्रालय लिएर मन्त्रिपरिषद विस्तार गर्दा नै एमालेबाट गृहमन्त्री बन्ने आकांक्षी नेताहरुको दौडधुप सुरु भएको थियो । सुरुदेखि नै गृहमन्त्रीमा महेश बस्नेत, खगराज अधिकारी र कर्ण थापाको नाम चर्चामा थियो । अन्तिममा गृहमन्त्रीमा अधिकारीले बाजी मारे ।

बस्नेत, अधिकारी र थापा तीनै जना प्रधानमन्त्री ओलीनिकट नेता मानिन्छन् । तर, चर्चा भने यसपटक बस्नेतको धेरै भएको थियो । प्रधानमन्त्री ओली बस्नेतप्रति सकारात्मक थिए । तर, उनका टिममा रहेका नेताहरु भने महेशप्रति अनुदार देखिए । खासमा प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले महेशलाई गृहमन्त्री बन्न नदिन ठूलो भूमिका खेलेका थिए ।

यो कुरा महेशले पनि आफूनिकट नेताहरुसँग गुनासो पोख्ने गरेका छन् । अर्को कुरा, अधिकारीलाई गृहमन्त्री बनाउनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले समेत भूमिका खेलेको बुझिएको छ । उनले प्रधानमन्त्री ओलीलाई अधिकारीलाई नै गृहमन्त्री बनाउन सुझाएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...