बादलपत्नी नैनकला संचारमन्त्री



हाम्रो इकोनोमि

 

नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)की पत्नी नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र राजपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । अपराह्न ४ बजे मन्त्रीहरुको सपथ तय भएको छ ।

एमाले स्रोतका अनुसार पूर्व माओवादी खोमाबाट दुईमन्त्री भएका छन् । वादलपत्नी नैनकला थापालाई सञ्चार र ज्वालाकुमारी साहलाई कृषिमन्त्री बनाउन लागिएको एक नेताले बताए । स्रोतका अनुसार सर्वोच्च अदालतको आदेशले ६ जेठमा पदमुक्त भएका पूर्व माओवादी खेमाका ७ मन्त्रीले पुनःनियुक्ति होस् भन्ने चाहेका थिए ।

तर अदालतको आदेशका कारण सम्भव नभएको बताएपछि नैनकलाको नाम छलफलमा आएको थियो । ‘हामीले हाम्रो पुननियुक्ति हुँदैन भने म्याडमलाई मन्त्री बनाउनुपर्छ । हाम्रो लिगेसी रहन्छ भनेका थियौं,’ एक पूर्वमन्त्री भन्छन्, ‘म्याडमले म कहाँ मन्त्री बन्नु भन्नु भएको थियो । अहिले आएर उहाँलाई नै बनाउनुप¥यो ।’

कृषिमन्त्री नियुक्त भएकी साह भने माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका कारण प्रदेश २ को प्रदेशसभा सदस्यबाट पदमुक्त भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...