नागरिकको सेवामा कटिबद्ध हुने छु : निर्वमानमन्त्री आले



हाम्रो इकोनोमि

 

 

निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफु नागरिकको सेवामा सदैव कटिबद्ध हुने बताउनुभएको छ । मन्त्रालयलले आज सिंहदरबामा गरेको बिदाई कार्यक्रममा उहाँले आफु मन्त्री नरहदाँ पनि नागरिक र देशको सेवामा सधै लागिरहने बताउनुभएको हो ।

आफ्नो पाँच महिने कार्यकालमा मन्त्रालयमा रहेर विभिन्न विकासका काम भएको स्मरण गर्दै नागरिकलाई प्रत्यक्ष प्रभाव पर्ने काम तत्काल गर्नसमेत कर्मचारीलाई आग्रह गर्नुभयो । साथै आलेले आफु मन्त्री भएका बखत कुनै पनि गलत कार्य नगरेको जिकिर गर्नुभयो । उहाँले आफुप्रति जहिले पनि पूर्वाग्रह राख्नेले कूप्रचार गर्ने अनेक प्रयास विफल भएको बताउनुभयो ।

पछिल्लो समय विश्वव्यापी महामारीका रूपमा फैलिइरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारसँगै कर्मचारी पनि लाग्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयमा आफु मन्त्रीको हैसियतमा रहेका बेला आफुबाट भएका तितामिठा कुरा बिर्सेर नागरिकका पक्षमा र देश विकासमा दत्तचित्त भएर काम गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

कामगर्ने सिलसिलामा बिभिन्न तह र क्षेत्रबाट विभिन्न धाक धम्की तथा अस्वभाविक फाइदा लिने खालका कुरा आउने भएकाले ती कुराको पछि नलागी नागरिक र देशको विकासमा मात्रै केन्द्रित हुन उहाँले कर्मचारीलाई अनुरोध गर्नुभयो । सो अवसरमा आलेले आफुलाई विश्वास गरेर जनताको सेवा गर्ने मौका दिएकामा नेकपा(एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव डा पेमनारायण कडेँल लगायतका कर्मचारीले निवर्तमान मन्त्री आलेसँग काम गर्दा निकै सौहार्दपूर्ण भएको बताउनुभयो । आलेलाई मन्त्रालय तथा विभागका कर्मचारीले मायाको चिनोसहित फुलमालाले बिदाई गरेका थिए । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...