माधव नेपालको प्रस्ताव सुरेन्द्र पाण्डे सहित पाँच नेताले गरे ठाडै अस्वीकार



हाम्रो इकोनोमि

 

 

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता कायम राख्न हदैसम्मको लचकतासहित अपिल जारी गर्नुभएपछि माधव तनावमा पर्नुभएको छ । अध्यक्ष ओलीले २०७५ जेठ ३ पूर्वको अवस्थामा पार्टी संरचना कायम गर्ने घोषणा गर्नुभएको छ । अध्यक्ष ओलीको सो घोषणालाई एमाले पंक्तिले स्वागत गरेको छ । तर नेता नेपाल भने सो घोषणालाई पनि षडयन्त्र भन्दै एमालेमा थप क्षती पुर्याउँदै कांग्रेस र माओवादीलाई बलयो बनाउनु पर्ने अडानमा हुनुहुन्छ । उहाँको यो प्रस्तावमा दोस्रो हतका प्रभावशाली नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट, भीम रावल र योगश भट्टराईले ठाडै अस्वीकार गर्नुभएको छ ।

पाँचै जना नेताहरुले पार्टीलाई कमजोर बनाएर कांग्रेस र माओवादी बलियो बनाउने कुरा र एमालेबाट अलग भएर माओवादीमा बिलय हुने कुरा स्वीकार्य नभएको प्रष्ट पार्नुभएको छ । पाँच नेताको यही कुरापछि नेपालले ‘तिनीहरु बसे पनि म फर्कन्न’ भन्दै आफ्नो निर्णय सुनाउनु भएको हो । नेपालको यो अभियानमा अर्का बरिष्ठ नेता झलनाथ खनालसहित भीम रावल, अष्टलक्ष्मी शाक्य, अमृतकुमार बोहोराले साथ दिनुभएको छ । स्रोतका अनुसार प्रचण्डसँग सहमति गरिसकेको कारण अव एमालेमा फर्कने बिषय आफूलाई स्वीकार्य नहुने बटमलाइनसमेत माधवले सुनाउनु भएको छ ।

नेपाल निकट एक नेताले दिनुभएको जानकारीअनुसार आफ्नो समुहमा रहेका पाँच नेताले संस्थापनसँग बार्ता अघि बढाएपछि नेपालले आफू निकट केही नेताहरुलाई बोलाएर आफू एमाले फर्कन नसक्ने निर्णय सुनाउनु भएको हो । ‘जो जो बस्न मन लाग्छ, बसुन, मचाँहि अव एमालेमा बस्न सक्दिन, एमालेमा फर्किएर मैले पाउने केही छैन, जो पाउन सकिन्छ भन्ने लागेको छ, बसुन, तर म अव पछाडि फर्कन संभव छैन,’ नेता नेपालको भनाई उधृत गर्दै ती नेताले भन्नुभयो । उहाँका अनुसार नेता नेपालले एमालेमा फर्कदा आफूहरुको केही नचल्ने, नयाँ पार्टी गठन गरी अघि बढदा माओवादी र कांग्रेससँग सहकार्य अघि बढने खाकासमेत राख्नुभएको छ ।

लामो समयदेखि अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध अभियान छेडनुभएका बरिष्ठ नेता माधवकुमार नेपालले आफू नेकपा एमालेमा नफर्कने निर्णय सुनाउनु भएको छ । एमालेबाट अलग भएर नयाँ पार्टी दर्ता गरी माओवादीमा बिलय हुने निश्कर्षसहित आफू एमालेमा नफर्कने निर्णय नेता नेपालले सुनाउनु भएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...