प्रधानमन्त्रीको ध्यान संसदको अंकगणितमा केन्द्रित



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान अझै संसदको अंकगणितमा केन्द्रित छ । उनले मन्त्रिमण्डल पुनःगठनमा विघटित प्रतिनिधि सभामा सांसद नभएका कसैलाई पनि नियुक्त गरेनन् । प्रतिनिधि सभा विघटनको सिफारिश गरेर चुनावको घोषणा समेत भइसकेपछि पनि ओलीको ध्यान किन संसदीय अंकगणितमा अझै गयो ? चासोको विषय बनेको छ ।

ओलीले आफूविरुद्ध लागेका २३ एमाले सांसदलाई पनि कारबाही गरेका छैनन् । बरु उनले त्यो समूहका भरसक सबैलाई आफ्नो पक्षमा फर्काउने नभए कम्तिमा आधालाई ल्याउने रणनीति समेत बनाएका छन् । यसैकारण मन्त्रिमण्डलमा ७ मन्त्रालय आफैले राखेका छन् । ती मन्त्रालय माधव नेपाल पक्षका विघटित प्रतिनिधि सभाका सांसदहरुलाई आफूतर्फ तान्ने उद्देश्यले समेत राखिएको बुझाई नेपाल पक्षमा रहेको देखिन्छ ।

विघटित प्रतिनिधि सभाको २६७ सांसदमध्ये विपक्षी गठबन्धनमा १४६ देखिएका छन् । बहुमतका लागि २३४ आवश्यक पर्छ । देउवासँग बहुमतभन्दा १२ सांसद बढी रहेका छन् । त्यो घटाउन ओली समूह अहिले देखिनै लागेको छ । त्यसैले ओलीले ६ बुँदे एकता प्रस्तावमा देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिने शर्त राखेका छन् । प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा त्यो हस्ताक्षरको किन अर्थ रह्यो ? यसका पछाडि पनि प्रतिनिधि सभा पुनःस्थापनाको सम्भावना नै कारण हो ।

ओलीले प्रतिनिधि सभा पुनःस्थापना पछि पनि विपक्षीलाई बहुमत पुग्न नदिने गरी योजनावद्ध तरिकाले राजनीतिक गोटीहरु अहिले देखि नै चालिसकेका छन् । यसमा उनले बाजी मार्लान् या हालान् ? प्रतिनिधि सभा पुनःस्थापना भइहालेमा त्यसपछिको अवस्थाले निक्र्यौल गर्नेछ ।

।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...