प्रधानमन्त्रीको ध्यान संसदको अंकगणितमा केन्द्रित



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान अझै संसदको अंकगणितमा केन्द्रित छ । उनले मन्त्रिमण्डल पुनःगठनमा विघटित प्रतिनिधि सभामा सांसद नभएका कसैलाई पनि नियुक्त गरेनन् । प्रतिनिधि सभा विघटनको सिफारिश गरेर चुनावको घोषणा समेत भइसकेपछि पनि ओलीको ध्यान किन संसदीय अंकगणितमा अझै गयो ? चासोको विषय बनेको छ ।

ओलीले आफूविरुद्ध लागेका २३ एमाले सांसदलाई पनि कारबाही गरेका छैनन् । बरु उनले त्यो समूहका भरसक सबैलाई आफ्नो पक्षमा फर्काउने नभए कम्तिमा आधालाई ल्याउने रणनीति समेत बनाएका छन् । यसैकारण मन्त्रिमण्डलमा ७ मन्त्रालय आफैले राखेका छन् । ती मन्त्रालय माधव नेपाल पक्षका विघटित प्रतिनिधि सभाका सांसदहरुलाई आफूतर्फ तान्ने उद्देश्यले समेत राखिएको बुझाई नेपाल पक्षमा रहेको देखिन्छ ।

विघटित प्रतिनिधि सभाको २६७ सांसदमध्ये विपक्षी गठबन्धनमा १४६ देखिएका छन् । बहुमतका लागि २३४ आवश्यक पर्छ । देउवासँग बहुमतभन्दा १२ सांसद बढी रहेका छन् । त्यो घटाउन ओली समूह अहिले देखिनै लागेको छ । त्यसैले ओलीले ६ बुँदे एकता प्रस्तावमा देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिने शर्त राखेका छन् । प्रतिनिधि सभा विघटन भइसकेको अवस्थामा त्यो हस्ताक्षरको किन अर्थ रह्यो ? यसका पछाडि पनि प्रतिनिधि सभा पुनःस्थापनाको सम्भावना नै कारण हो ।

ओलीले प्रतिनिधि सभा पुनःस्थापना पछि पनि विपक्षीलाई बहुमत पुग्न नदिने गरी योजनावद्ध तरिकाले राजनीतिक गोटीहरु अहिले देखि नै चालिसकेका छन् । यसमा उनले बाजी मार्लान् या हालान् ? प्रतिनिधि सभा पुनःस्थापना भइहालेमा त्यसपछिको अवस्थाले निक्र्यौल गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...