जो-जो गएपनि म चै एमालेमा जान्न : माधवकुमार नेपाल



हाम्रो इकोनोमि

 

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अब नेकपा एमालेमा नफर्कने भएका छन्  उनले भने जो जो गएपनि म चै एमालेमा जान्न। उनले विश्वासपात्रहरुसँग एमालेमा फर्कन नसकिने स्पष्ट पारिसकेको बुझिएको छ । नेपालले नयाँ दल खोल्ने या नेकपा माओवादी केन्द्रसँग मिलेर वृहत कम्युनिस्ट पार्टी एकतामा लाग्नेबारे टुंगो लगाएर बढ्ने भएका छन् । विश्वस्त स्रोतका अनुसार नेपालले प्रचण्डसँग पनि छलफल बढाइसकेका छन् ।

ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गरेर प्रचण्ड र नेपालले नेतृत्व गर्ने गरी अघि बढ्नेबारे पनि छलफल बढेको छ । तर, कट्टेल सहमत हुने सम्भावना कम छ । त्यस्तो अवस्थामा कलम चिन्ह माग गरी दर्ता प्रक्रियामा रहेको नेकपा एकीकृत बनाएर वृहत कम्युनिस्ट एकतामा माधव नेपाल लाग्ने सम्मको तयारी रहेको बुझिएको छ ।

नेपालले एमालेबाट निष्काशित भएपछि नयाँ दल खोल्ने खुलासा गरिसकेका छन् । उनलाई पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी आधाको साथ छ । यसैगरी, माधव नेपाल एमालेमा नफर्कने गरी बढेपछि सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराई निराश भएका छन् । उनीहरु आफ्नै राजनीतिक भविष्य सुरक्षित गर्न सक्रिय भएका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...