जसपाका ठाकुर–महतो समूह अल्पमतमा, नयाँ लफडा शुरु



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुर समूह अल्पमतमा परेपछि विभिन्न बखेडा शुरु गरेको छ । सरकारमा सहभागी भएपछि ठाकुर पार्टीभित्र झन् अल्पमतमा परेका छन् । ठाकुरले जसपालाई अनौपचारिक रुपमा पार्टी विभाजन गरेर नेता राजेन्द्र महतोको नेतृत्वमा १० जनालाई मन्त्री बनाएपछि संकट थपिएको हो ।

उता, निर्वाचन आयोगले जसपाका अध्यक्ष ठाकुर समूहलाई केन्द्रीय पदाधिकारीको हस्ताक्षर बुझाउन एक साताको समय दिएको छ । तोकिएका समयभित्र ठाकुरले आयोगमा केन्द्रीय पदाधिकारीहरूको हस्ताक्षर बुझाउन नसकेपछि एक साताको समय माग गरेका हुन् । आयोगले ठाकुर समूहलाई समय पनि दिएको छ ।

ठाकुर समूह र सरकारको विपक्षमा रहेको उपेन्द्र यादव समूहले एक अर्कालाई कारबाही गर्दै आधिकारिकतामा विवाद देखिएको थियो । प्रधानमन्त्री केपी ओलीलाई समर्थन गर्ने वा नगर्ने विषयमा जसपाभित्र विवाद भएको थियो । जेठ १८ गते अध्यक्ष यादवले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई दलबाट निस्कासन गरी दर्ता कितावमा विवरण अद्यावधिक गराउन आयोगलाई पत्र लेखेका थिए ।

सोही दिन अर्का अध्यक्ष ठाकुरले पनि अध्यक्ष यादवलाई हटाइएको भन्दै दर्ता किताबमा अभिलेखीकरणका लागि आयोगमा पत्र लेखेका थिए । आयोगले दाबी नपुगेको भन्दै दुबै पक्षलाई आवश्यक कागजपत्रहरू पेश गर्न आदेश दिएको थियो । आयोगले तोकेको समयभित्र अध्यक्ष यादवलले कागजपत्र बुझाइसकेका छन् । ठाकुर समूह जसपाभित्र अल्पमतमा रहेका कारण तोकिएको समयभित्र हस्ताक्षरसहित आवश्यक कागजपत्र नबुझाएर कोरोनाको बहाना बनाएर एक साताको समय माग गरेको छ ।

ठाकुर–महतोले हस्ताक्षर संकलनका लागि प्रयास गरिरहेका छन् । तर, उनीहरू सफल हुन सकेका छैनन् । ५१ सदस्यीय केन्द्रीय कार्यकारी समितिमा ठाकुर–महतोसँग १५ जना मात्रै छन् । केन्द्रीय समितिमा पनि ठाकुर–महतो अल्पमतमा छन् । उपेन्द्र यादवले पार्टी कब्जा गरेपछि ठाकुर–महतो जिल परेका छन् । बहुमत पुग्न सकेन भने ठाकुर–महतोले अलग पार्टी दर्ता गरेर जानुभन्दा अर्को बिकल्प छैन । अहिलेसम्मको अवस्था हेर्ने हो भने उपेन्द्र यादव समूहले आधिकारिकता पाउने सम्भावना प्रवल रहेको दुबै पक्षका नेताहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...