माधव समुहमा अतिवादी नेताहरु छन : गोकर्ण विष्ट



हाम्रो इकोनोमि

 

एमाले नेता गोकर्ण बिष्टले पार्टीभित्रको अतिवादी समुहले एमालेलाई मिल्न नदिने प्रयत्न गरिरहेको बताउनु भएको छ । हालसालै एक अन्तर्वार्तामा पूर्वमन्त्रीसमेत रहनुभएका बिष्टले संस्थपन र माधव नेपाल समुह दवैतिर अतिवादी समुह रहेको र सोही समुहले एकतामा भाँजो हालिरहेको बताउनुभ भएको हो ।

‘पार्टीभित्र केही अतिवादीहरु छन्, कमरेड केपी ओलीतर्फ पनि केही अतिवादीहरु छन्, जसले पार्टीलाई मिल्न नदिन प्रयत्न गरिरहेका छन्,’ विष्टले भन्नुभएको छ, ‘कमरेड झलनाथ खनाल र माधव नेपाल समूहसँग पनि केही अतिवादी छन्, जसले पार्टीलाई कुनै पनि मूल्यमा विभाजित गर्न चाहन्छन मिल्न नदिन चाहन्छन ।’ माधव नेपाल समूहका एक स्थायी कमिटी सदस्यका अनुसार एमाले मिल्न नदिने अतिवादी नेताको सूचीमा माधव नेपाल नै पहिलो नम्बरमा पर्नुहुन्छ । उहाँका अनुसार गोकर्णले भनेकै शब्द प्रयोग गर्ने हो भने नेपाल समूहको पहिलो अतिवादी व्यक्ति माधव नेपाल नै हो ।

स्रोतका अनुसार माधव नेपाल जुनसुकै हालतमा एमालेलाई टुक्र्याएर नयाँ पार्टी बनाउने र माओवादीमा बिलय गराउने अभियानमा हुनुहुन्छ । नेपाल समूहमा पार्टी फुटाएरै जानुपर्छ भन्ने अडानमा अर्का नेता झलनाथ खनाल र भीम रावल पनि हुनुहुन्छ । विष्टका भनाइमा ९९ प्रतिशत एमालेका कार्यकर्ताहरु पार्टी एक भएको देख्न चाहन्छन् । तर, स्थायी कमिटी र केन्द्रीय कमिटीमा भएका दुवै पक्षका केही अतिवादीहरु एकता तोड्न चाहन्छन् । नेपाल समुहमा स्थायी कमिटी सदस्य खनाल, नेपाल, रावलसहित अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रघुजी पन्त, मुकुन्द न्यौपाने र बेदुराम भूसाल पनि बिभाजन र माओवादीमा बिलयको पक्षमा हुनुहुन्छ ।

यसैगरी अमृतकुमार बोहरा, रामकुमारी झाँक्री, राजेन्द्र राई, विजय पौडेल, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला पनि बिभाजनको पक्षमा लागेर अतिवादीको सूचीमा पर्नुभएको छ । सो समुहमा प्रभावशाली मानिनुहुने घनश्याम भूसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे भने एकताको पक्षमा उभिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...