एमालेका नेता आपसमा नमिल्ने तर विरोधीसँग किन मिल्न : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीका शीर्ष नेता आफूहरु नमिल्ने तर विपक्षी दलसँग गठबन्धन गर्न तयार हुने समस्याले नै एमाले एकता हुन नसकेको बताएका छन् । पछिल्लो समय मध्यमार्गी धारमा रहेर पार्टी एकताको लागि सघन छलफलमा रहेका भट्टराईले आज विहान आफ्नो धारणा सार्वजनिक गर्दै एमाले एकताको समस्याका मूल जड भनेकै केपी ओली झलनाल खनाल र माधव नेपालसँग मिल्न तयार नहुने र झलनाथ माधव ओलीसँग मिल्न तयार नहुनु नै रहेको बताएका हुन् ।

भट्टराईले भनेका छन्– कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।

कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कस्ले, किन र के का लागि गर्दैछ यो सवै ? नेता भट्टराईले यस विषयमा शीर्ष नेताबीच गम्भीर छलफल भएर साझा निष्कर्षका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...