एमालेका नेता आपसमा नमिल्ने तर विरोधीसँग किन मिल्न : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीका शीर्ष नेता आफूहरु नमिल्ने तर विपक्षी दलसँग गठबन्धन गर्न तयार हुने समस्याले नै एमाले एकता हुन नसकेको बताएका छन् । पछिल्लो समय मध्यमार्गी धारमा रहेर पार्टी एकताको लागि सघन छलफलमा रहेका भट्टराईले आज विहान आफ्नो धारणा सार्वजनिक गर्दै एमाले एकताको समस्याका मूल जड भनेकै केपी ओली झलनाल खनाल र माधव नेपालसँग मिल्न तयार नहुने र झलनाथ माधव ओलीसँग मिल्न तयार नहुनु नै रहेको बताएका हुन् ।

भट्टराईले भनेका छन्– कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।

कमरेड जेएन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउवा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य विषयमा गठबन्धन गर्न तयार हुने । कस्ले, किन र के का लागि गर्दैछ यो सवै ? नेता भट्टराईले यस विषयमा शीर्ष नेताबीच गम्भीर छलफल भएर साझा निष्कर्षका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...