महेश बस्नेत गृह मन्त्री बन्ने पक्का



हाम्रो इकोनोमि

 

नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । पार्टीभित्रको आन्तरिक विवाद मिलाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रायस गरे पनि माधवकुमार नेपाल समूहले एमाले छाडेर कांग्रेस र माओवादीलाई काँध थापेर अघि बढ्ने संकेत दिएपछि प्रधानमन्त्रीले ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको हो ।

मन्त्रिपरिषद् विस्तारमा सबैभन्दा बढी जनस्तरबाट महेश बस्नेतको माग भएको छ । पूर्वमन्त्री समेत रहेका बस्नेत एमालेका प्रभावशाली नेता हुनुहुन्छ । उहाँलाइ गृह मन्त्रीको रूपमा हेर्न चाहेको भन्दै हजारौँ युवाले क्याम्यियन नै चलाएका छन । बस्नेतले भने पार्टी र प्रधानमन्त्रीले विश्वास गरेर जिम्मेवारी दिए पूरा गर्ने बताउँदै अहिलेसम्म आफूले त्यस्तो कुनै संकेत नपाएको बताउनुभएको छ ।

महेश बस्नेतलाइ नचाहने गतिपय गिरोहले अहिले केही मिडियामा लगानी नै गरेर राष्ट्रपतिले नचाहेकाले बस्नेत मन्त्री हुन नसक्ने भन्दै भ्रम पनि बाँडिरहेका छन । बस्नेतले भने यस्ता भ्रमहरूप्रति आफू जानकार रहेको बताउनुभएको छ । त्यस्तै आफ्नै सरकारका मन्त्रीका विरूद्धमा भाषण गर्दै मिडिया क्याम्पेनिङ समेत गर्न भ्याएका खगराज अधिकारी समेत मन्त्री हुन रहर गर्नेमा अंग्रपंक्तिमा रहनुभएको छ । उहाँले मन्त्री हुनैका लागि धेरै पटक खुट्टा उचाल्नुभए पनि माथिल्लो खुट्किलामा टेक्न सफल हुनुभएको छैन ।

एमले स्रोतका अनुसार मन्त्री हुन रहर गर्नेहरू धेरै भए पनि प्रधानमन्त्रीको आँखामा सीमित व्यक्तिमात्र परेका छन । ओलीले बस्नेतलाई गृह र अधिकारीलाई सञ्चारको जिम्मेवारी दिने विषयमा आफू निकटका केही नेताहरूसँग कुरा गरेको पनि स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गगन समूहले रास्वपासँग मित लगाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहले रास्वपासँग...

क्यापस्टोन एक्सेलेरेटरका लागि हाँडी बिरयानी छनोट

    नेपालको आतिथ्य तथा खाद्य सेवा क्षेत्रमा मुगल तथा उत्तर भारतीय परिकारलाई...

प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

   प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता सकिएको छ ।...

साउनको अन्तिम सोमबार पशुपतिमा व्रतालुको घुइँचो

    आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथमा श्रद्धालुहरुको घुइँचो लागेको छ ।...