महेश बस्नेत गृह मन्त्री बन्ने पक्का



हाम्रो इकोनोमि

 

नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । पार्टीभित्रको आन्तरिक विवाद मिलाएर मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रायस गरे पनि माधवकुमार नेपाल समूहले एमाले छाडेर कांग्रेस र माओवादीलाई काँध थापेर अघि बढ्ने संकेत दिएपछि प्रधानमन्त्रीले ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको हो ।

मन्त्रिपरिषद् विस्तारमा सबैभन्दा बढी जनस्तरबाट महेश बस्नेतको माग भएको छ । पूर्वमन्त्री समेत रहेका बस्नेत एमालेका प्रभावशाली नेता हुनुहुन्छ । उहाँलाइ गृह मन्त्रीको रूपमा हेर्न चाहेको भन्दै हजारौँ युवाले क्याम्यियन नै चलाएका छन । बस्नेतले भने पार्टी र प्रधानमन्त्रीले विश्वास गरेर जिम्मेवारी दिए पूरा गर्ने बताउँदै अहिलेसम्म आफूले त्यस्तो कुनै संकेत नपाएको बताउनुभएको छ ।

महेश बस्नेतलाइ नचाहने गतिपय गिरोहले अहिले केही मिडियामा लगानी नै गरेर राष्ट्रपतिले नचाहेकाले बस्नेत मन्त्री हुन नसक्ने भन्दै भ्रम पनि बाँडिरहेका छन । बस्नेतले भने यस्ता भ्रमहरूप्रति आफू जानकार रहेको बताउनुभएको छ । त्यस्तै आफ्नै सरकारका मन्त्रीका विरूद्धमा भाषण गर्दै मिडिया क्याम्पेनिङ समेत गर्न भ्याएका खगराज अधिकारी समेत मन्त्री हुन रहर गर्नेमा अंग्रपंक्तिमा रहनुभएको छ । उहाँले मन्त्री हुनैका लागि धेरै पटक खुट्टा उचाल्नुभए पनि माथिल्लो खुट्किलामा टेक्न सफल हुनुभएको छैन ।

एमले स्रोतका अनुसार मन्त्री हुन रहर गर्नेहरू धेरै भए पनि प्रधानमन्त्रीको आँखामा सीमित व्यक्तिमात्र परेका छन । ओलीले बस्नेतलाई गृह र अधिकारीलाई सञ्चारको जिम्मेवारी दिने विषयमा आफू निकटका केही नेताहरूसँग कुरा गरेको पनि स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...