मैले कुनै पत्रकारलाई धम्की दिएको छैन : पुर्वमन्त्री आले



हाम्रो इकोनोमि

 

 

निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफुले पत्रकारलाई धम्की दिएको भन्दै बिभिन्न सञ्चार माध्यममा आएका समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । उहाँले आज एक बिज्ञप्ति प्रकासित गर्नु हुँदै नेपाल पत्रकार महासंघ, कान्तिपुर प्रतिष्ठान शाखाका पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की दिएको भन्दै बिभिन्न सञ्चार माध्यममा समाचार प्रकासित भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ ।

राष्ट्रको चौथो अङ्गका रुपमा रहेको पत्रकार तथा पत्रिकारिता क्षेत्रको उच्च सम्मान गर्दै आफुले पत्रकारका समस्याका विषयमा जहिले पनि समाधान गर्न लागि परेको र अबका दिनमा पनि सहयोग गरी रही रहने बताउनु हुँदै बिना कारण मेरो चरित्र हत्या गर्ने खालका समाचार सम्प्रेषण नगरी दिन समेत बिज्ञप्तिमार्फत सबैमा आग्रह गर्नु भएको छ । कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक, महासघका पूर्व केन्द्रीय सदस्य तथा कान्तिपुर प्रतिष्ठानका सदस्य समेत रहनु भएका पत्रकार अब्दुल्लाह मियाँले आफुलाई टेलीफोन गर्नु भएको सत्ते भएको र उक्त सम्बादका क्रममा कुनै पनि धम्की नदिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा भनिएको छ, “वन तथा वातारण बिटमा समाचार लेख्दै आउनु भएका पत्रकार मियाँले मलाई पदिय जिम्मेवारी तथा पत्रकार आचार संहिता बिपरित केही अस्वभाविक सम्बाद गर्न खोज्नु भएको थियो, जुन कुरा मिडियामा आएन, त्यस्ता कुरा तथा प्रलोभन नदेखाउन मैले आग्रह गर्दा धम्की दियो भन्ने समाचार आएको प्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।” यसैगरी पत्रकार मियाँले आफु मन्त्री भएका बेलामा सचिवालयका सदस्यहरुसँग अनुचित फाइदा लिने खालका कुरा गर्ने गरेकाले ती कुराहरु आफुलाई मन नपरेको समेत निवर्तमान मन्त्री आले द्धारा प्रकासित बिज्ञप्तिमा भनिएको छ । मैले मेरो व्यस्तताका कारण पत्रकार तथा बिभिन्न निकायका व्यक्ति, जनप्रतिनिधी लगायतसँग भेट गर्न नपाएको प्रति क्षमा प्रार्थी छु तर अनुचित फाइदा लिन खोज्ने, गलत समाचारको आडमा अपुष्ट खबर प्रकासित नगर्न तथा चरित्र हत्या गर्ने जस्ता समाचार प्रकासित नगरिदिन समेत उहाँले सबै सञ्चार माध्यमलाई आग्रह गर्नु भएको छ ।

 

विमल विष्ट

 

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...