कांग्रेसका सभापति देउवा पनि घेराबन्दीमा



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका युवा नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर कोरोना महामारीका बीच १४औं महाधिवेशन गर्ने उपाय खोज्नुपर्ने बताएका छन् । केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, गगन थापा, प्रदीप पौडेल, जीवन परियार लगायतका नेताहरु सभापति देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका थिए । नेताहरुले भदौमा निर्धारित महाधिवेशन गर्नु साझा दायित्व भएको भन्दै क्रियाशील सदस्यता छानबिन समितिलाई सक्रिय बनाउन र पार्टीको बैठक राखेर कार्यतालिकामा आवश्यक परिमार्जन गर्न आग्रह गरेका छन् ।

कांग्रेसले क्रियाशील सदस्यता वितरण तथा नवीकरणको डेटा सिस्टममा इन्ट्री गर्न दिएको अन्तिम म्याद मंगलबार मध्यराति १२ बजे सकिंदैछ । हालसम्म करिब ८ लाख डेटा इन्ट्री भएको छ । तर सिन्धुपाल्चोक लगायत कतिपय जिल्लामा विवादका कारण क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रभावित भएको छ भने कतिपय जिल्लाको डेटा इन्ट्री भइसकेको छैन ।

केन्द्रीय पार्टी कार्यालयको डेटा सिस्टममा आएका क्रियाशील सदस्यको विवरण सार्वजनिक गरेपछि उजुरी लिएर छानबिन गर्नुपर्छ । यसका लागि केन्द्रीय सदस्य रमेश लेखकको नेतृत्वमा क्रियाशील सदस्यता छानबिन समिति बनेको छ । समितिले प्रष्ट मापदण्ड बनाएर लागू गर्ने हो भने पनि  उजुरी लिएर छानबिन गर्न कम्तीमा एक महिना लाग्ने सक्ने अनुमान गरेको छ ।

जबकि असार २० बाट वडा अधिवेशन गर्नुपर्ने कायतालिका छ । प्रदेश अधिवेशन साउन ६ मा हुनेछ भने केन्द्रीय महाअधिवेशन भदौ ७–१० का लागि तोकिएको छ । नेताहरुले प्रदेश र केन्द्रको अधिवेशनको अवधि घटाएर नयाँ कार्यतालिका बनाउन आग्रह गरेका छन् । उनीहरुले वडा तहको अधिवेशन पनि एकैठाउँमा नगरी छरेर गर्ने तथा केन्द्रीय अधिवेशनको मतदान जिल्लामै गर्न सकिने बताएका छन् ।

जवाफमा सभापति देउवाले महाधिवेशन गर्न आफू प्रतिवद्ध रहेको भन्दै पदाधिकारी बैठक राखेर आवश्यक निर्णय गर्ने बताएका छन् । ‘हामीलाई समय लम्ब्याउने सुविधा छैन । निर्धारित समयमा गर्न कोरोनाको प्रकोपका कारण अप्ठ्यारो छ । यो अवस्थामा महाधिवेशनलाई कसरी गर्ने भन्ने छलफल भयो,’ भेटमा सहभागी केन्द्रीय सदस्य गुरु घिमिरे भन्छन्, ‘सभापतिले पनि सकारात्मक कुरा गर्नुभएको छ । महाधिवेशन गर्नुको विकल्प छैन ।’

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...