माधव नेपाललाई प्रधानमन्त्री बनाउने ओलीको संकेत



हाम्रो इकोनोमि

 

नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटको असर गम्भीर हुनसक्ने देखिसकेका छन् । कर्णाली प्रदेश र सुदूरपश्चिमको फ्लोर क्रसले उनीमाथि दबाब बढेको छ । अर्कोतर्फ, एमालेका माधवकुमार नेपाल समूहका २३ सांसद समेतले प्रतिनिधि सभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेबारे दायर रिटले अप्ठ्यारोमा पार छ ।

एमालेभित्र अहिले १५ सिट रहेको जनता समाजवादी पार्टीलाई १० जना मन्त्री दिन हुने तर माधव नेपाललाई पेलेर जाने ? प्रश्न उठ्न थालेको छ । आफ्नालाई पाखा राखेर भिन्न विचारकालाई काखा राखेको भन्दै ओलीविरुद्ध आलोचना हुनथालेको छ ।

एमाले फुट्न लागेपछि ओलीले एकपछि अर्को विकल्प तयार गरेका छन् । उनले नेपालको माग बमोजिम २ जेठ २०७५ को अवस्थामा फर्कन तयार भएको ६ बुँदे एकता प्रस्ताव सारे । तर, माधव नेपाल पक्षले त्यसलाई नमान्ने र जालझेलपूर्ण शैलीको संज्ञा दियो । आक्रामक रुपमा प्रस्तुत हुँदै गएका नेपाल धेरै अगाडि बढिसकेका छन् । एमाले एकताको लागि पछिल्लो समय नेपाल समूहबाट एक व्यक्ति एक पदको विषय समेत उठेको छ । ओलीले प्रधानमन्त्री या पार्टी अध्यक्ष मध्ये एक रोजेमा सहमति बन्ने सम्भावना पनि देखिएको छ । नेपालले विश्वस्त सूत्रमार्फत् उक्त प्रस्ताव पठाएका छन् ।

नेकपा एमालेको एकताका लागि राष्ट्रपति विद्यादेवी भण्डारी देखि बामदेव गौतम समेत सक्रिय छन् । उनीहरुले विभिन्न विकल्पमा छलफल गरेका छन् । माधव नेपाललाई प्रधानमन्त्री बनाएर जानेबारे पनि छलफल बढेको छ । नेपाललाई प्रधानमन्त्री बनाउन ओली तयार भएमा एमाले फुटबाट जोगिने र माओवादी केन्द्र पनि एमालेसँग नजिकिने अवस्था बन्नेमा शितलनिवास देखि बामदेव निवास भैंसेपाटीमा छलफल चलेको बुझिएको छ । त्यसले पुनः कम्युनिस्ट एकताको माहोल बन्न सक्ने कतिपयको बुझाई छ ।

प्रदेशहरुमा ओलीको विरोधीलाई कमजोर पार्ने प्रयास विफल भएको छ । लुम्बिनी र गण्डकी प्रदेशमा निकै संघर्ष चलिरहेको छ । बागमती र प्रदेश १ मा ठूलो प्रहार हुनेवाला छ । केन्द्र सरकारमा ओलीमाथिको प्रहारले नयाँ घटनाक्रम विकास हुँदै गएको छ । अवस्था यस्तो आइसकेको छ कि ओली निरन्तर कमजोर हुँदै गएका छन् । त्यसैले ओली पक्षकै केही नेता देखि शितलनिवासले समेत माधव नेपाललाई विकल्पका रुपमा अगाडि सारेर बढ्नेबारे परामर्श थालेको छ ।

अब तत्काल मिल्न सक्ने भनेको ओलीले पार्टी अध्यक्ष या प्रधानमन्त्रीमध्ये एक पद छाडेमा मात्र हो । नेपाल समूह त्यसका लागि ओली तयार भएमा छलफल बढाउन सकिने शर्त ओलीसम्म पठाएको छ । तर, सत्ता संकट टार्न निकै जोखिम मोल्दै आएका ओलीले सत्ता नै छाडिहाल्ने सम्भावना तत्काल देखिदैन ।

माधव नेपाल प्रधानमन्त्री बन्नका लागि पनि संसद पुनःस्थापना हुनुपर्छ । धारा ७६ को उपधारा ३ मा फर्किएमा भने त्यस्तो घटना विकास हुनसक्छ । माधव नेपालको नाममा एमाले र माओवादी केन्द्रबीच सहमति बन्ने सम्भावना पनि छ । अहिले त्यसतर्फ समेत प्रयास बढेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...