केन्द्र देखि प्रदेशसम्म एमालेको सरकार ढाल्न माधव नेपाल नै घरदैलोमा



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध एकजुट भएको विक्षी गठबन्धन केन्द्र देखि प्रदेशसम्म नेकपा एमालेको ओली पक्षरहित सरकार निर्माणमा जुटेको छ । केन्द्रमा ओलीविरुद्ध कानुनी उपचारमा लागेको गठबन्धन प्रदेशहरुमा धमाधम सरकार परिवर्तनमा जुटेको हो । कर्णाली प्रदेशमा एमालेको ओली खेमालाई सत्तामा जान असफल बनाइसकेको विपक्षी गठबन्धन गण्डकी र लुम्बिनी प्रदेशमा सरकार ढाल्न सक्रिय रहँदै आएको छ । प्रदेश १ मा पनि त्यसको तयारी भएको छ ।

प्रदेश २ मा पनि एमालेको ओली खेमालाई जसपाको महन्थ ठाकुर समूहसँग मिलेर सरकार बनाउने प्रयासलाई विफल बनाउन लागिपरेको छ । जसपाको उपेन्द्र यादव समूहले काँग्रेस र माओवादी केन्द्रलाई प्रदेश २ को सरकारमा सहभागी गराएर ओली र ठाकुर समूहको गठबन्धनलाई सरकार बनाउन नदिन लागेको छ । मुख्यमन्त्री लालबाबु राउतले जीतेन्द्र सोनलसहित ठाकुर पक्षीय ३ मन्त्रीलाई हटाइसकेका छन् । अब प्रदेश २ मा काँग्रेस र माओवादी केन्द्रका मन्त्री बन्दैछन् ।

प्रदेश १ मा ओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता गरिसकेको छ । अब त्यहाँ पनि अविश्वासको प्रस्तावको तयारी भएको छ । काँग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधवकुमार नेपाल पक्ष एकजुट भएमा मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकार ढल्न सक्छ । विपक्षी गठबन्धन त्यसमै लागेको छ । लुम्बिनी र गण्डकीमा विपक्षी गठबन्धनले सरकार ढाल्न खोजेपनि सफल भएका छैनन् । तर, त्यसलाई गति दिन लागेका छन् ।

बागमती प्रदेशमा एमालेको ओली खेमाका डोरमणि पौडेल मुख्यमन्त्री छन् । माधव नेपाल समूहले विद्रोह गरेमा पौडेल नेतृत्वको सरकार ढल्छ । अहिले त्यसको तयारी भइरहेको छ । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिदैछन् । एमालेको माधव नेपाल समूहको संसदीय दलमा बहुमत छ । आज एमालेमा को कता भन्ने विश्वासको मत लिंदा निक्र्यौल हुनेछ । ओली समूह अल्पमतमा रहेकाले त्यहाँ विपक्षी गठबन्धनलाई चुनौती दिन सजिलो छैन ।

केन्द्रमा पनि सर्वोच्च अदालतको आदेशले ओली सरकार टिक्ने या नटिक्ने टुंगो लाग्छ । संवैधानिक इजलाशमा मुद्दा विचाराधीन छ । ओलीको विपक्षमा विपक्षी गठबन्धनका १४६ विघटित प्रतिनिधि सभाका सांसदले रिट दायर गरेकाले अदालतमाथि दबाब छ । त्यसैले ओली कम्तिमा १० सांसदको रिट फिर्ता गराएर देउवासँग बहुमत छैन भन्ने देखाउन खोजिरहेका छन् । उनले एमाले एकताका लागि प्रस्ताव समेत बढाएका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...