पत्रकार महासंघमा माओवादी हावी, युनियनले खोजे विपुल



हाम्रो इकोनोमि

 

नेपाल पत्रकार महासंघका क्रियाकलापमा माओवादी पक्षधर हावी हुँदै गएको छ । नेपाल प्रेस यूनियनका तर्फबाट विजयी अध्यक्ष विपुल पोखरेलले चासो नराख्दा हार्डकोर माओवादी भनेर चिनिने रोशन पुरीले महासंघमा मनलाग्दी काम गर्दै आएका हुन् । महासंघले गर्ने सिफारिस, सुविधाका विषय र चाल्ने कदममा समेत प्रचण्डको निर्देशनमा पुरी सक्रिय भएको गुनासो यूनियनका नेताहरुले गर्न थालेका छन् । पछिल्लो समय प्रेस काउन्सिल, नेपालमा भएका नियुक्तिका विरोधमा समेत पुरीले अध्यक्ष विपुललाई भाउ नै नदिई अन्य संगठनका नेताहरुलाई धम्क्याएर विज्ञप्ति निकाल्न लगाएको विषय अहिले चर्चामा छ ।

सरकारले काउन्सिल अध्यक्षमा पत्रकार एवं अधिवक्ता बालकृष्ण बस्नेतलाई नियुक्त गरेको थियो । आफूसँग पराजित भएका उम्मेदवारलाई काउन्सिलको उच्च पदमा पुर्याएको भन्दै माओवादीका पुरीले अन्य संगठनका नेताहरुलाई गुमराहमा राखेर विरोध जनाउन लागेको युनियनका एक नेताले जानकारी दिए । बस्नेतको नियुक्तिको विरोध गर्न पुरीले नै नक्सालस्थित एक रेष्टुरेण्टमा विपक्षी ५ गठबन्धन आवद्ध पत्रकार नेताहरु बोलाएका थिए । त्यहाँ उनले आफूले मस्यौदा गरेर ल्याएको विरोधपत्र सुनाएका थिए ।

तर यूनियनका अध्यक्ष बदी सिग्देल, प्रेस मञ्चका अध्यक्ष केशव अर्यालले सरकारले योग्यता पुगेको, सक्रिय पत्रकारलाई नियुक्ति गरेकाले व्यक्तिगत विरोधमा नउत्रने सुझाव राखेका थिए । पुरीले ल्याएका विरोधपत्रमा राखिएका भाषा सिग्देलसहितले काटेपछि भने राजनीतिक तवरमा विरोध मात्र भएको सहभागी एक नेताले जानकारी दिए । व्यक्तिगत स्वार्थ, लाञ्छनासहित पुरीले बनाएको मस्यौदालाई अरु त अरु उनकै संगठन प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले असहमति जनाएपछि नयाँ विज्ञप्ति तयार भएको ती नेताले जनाए । दाहालको उक्त असहमतिपछि पुरी अन्य तवरले झमेला गर्न सकिन्छ कि भन्दै आफ्नो समूहमा छलफल चलाइरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...