माधव गुटका चार नेता ओली क्याम्पमा, एमालेमा नयाँ तरंग



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध गराउन पूर्ववत् अवस्थामा फर्किने घोषणा गरेपछि माधव नेपाल समूह विभाजित भएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन आफू तयार रहेको बताएपछि नेपाल समूहका नेताहरुको फरक मत सार्वजनिक गरेका छन् । नेपाल समूहका अधिकांश युवा नेताहरु ओलीको कदम सकारात्मक भएको भन्दै पार्टीलाई एकताबद्ध गराउनुपर्ने पक्षमा रहेका छन् ।

सोही विषयमा छलफल गर्न नेपाल समूहका चार जना युवा नेताहरुको छुट्टै बैठक बसेको छ । नेपाल समूहका नेता सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्टबीच सोमबार बिहान छलफल भएको हो । नेता पाण्डेको निवासमा भएको छलफलमा पार्टीलाई एकताबद्ध बनाउँदै असन्तुष्ट विषयहरुलाई पार्टीभित्रै अन्र्तसंघर्ष गर्ने निष्कर्षमा पुगेका हुन् ।

नेताहरुले आफ्ना मागअनुसार पार्टी अध्यक्ष ओलीको प्रस्ताव आएकाले यसलाई सकारात्मक रुपमा लिएर एकताको पक्षमा उभिनुपर्ने निष्कर्ष निकालेका हुन् । ‘पार्टीलाई पूर्ववत् अवस्थामा फर्काउने निर्णय सकारात्मक छ । यो हामीले माग गरेअनुसार हो । असहमति भएका विषयलाई पार्टीभित्रै छलफल गर्नेगरी एकताको पक्षमा उभिने सहमति भयो’, बैठकमा सहभागी एक नेताले भने । नेपाल समूहका अधिकांश नेताहरुले प्रधानमन्त्री अ‍ोलीले यसअघि पनि पटकपटक धोका दिएकाले अहिले पनि विश्वास गर्ने कुनै आधार नभएको बताउँदै आएपछि चार नेता छुट्टै छलफलमा जुटेका हुन् ।

नेपाल समूहका करिब १२ जना नेता एकताको पक्षमा उभिएका छन् । जसमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, नारायण खतिवडा, दीपक भट्ट, गणेश पहाडी, राजबहादुर बुढा लगायतका नेताहरु एकताको पक्षमा छन् । उनीहरुले माधव नेपाल नआएपनि आफुहरु मूल पार्टीमा फर्किनुपर्ने निष्कर्ष निकालेका छन् । उक्त बैठकले पार्टीलाई पूर्ववत अवस्थामा फर्काउने अध्यक्ष ओलीको घोषणालाई सकारात्मक रुपमा लिँदै एमालेमै बस्ने निष्कर्ष निकालेको हो ।

प्रतिक्रिया दिनुहोस
आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...

मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति निर्विरोध

    उर्जा उत्पादकहरुको संस्था (इप्पान)मा नयाँ कार्यसमिति चयन भएको छ । यसअघि...

काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

   बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा...

भदौको भन्दा सशक्त आन्दोलन गर्छौँ : महेश बस्नेत

     नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी...