माधव नेपालले प्रचण्डलाई सोधे– केपी ओलीसँग मिलौं कि नमिलौं ?



हाम्रो इकोनोमि

 

नेकपा एमालेबाट कारबाहीमा परेका वरिष्ठ नेता माधव कुमार नेपालले केपी ओलीसँग मिलौं कि नमिलौं भनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोधनी गरिरहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै संरचनामा फर्काउने घोषणा गरेलगत्तै प्रचण्डसँग भेट गरी माधव नेपालले उक्त विषयबारे छलफल गरेका छन् । आफ्नै समूहमा समेत तीव्र दबाबमा पर्दै आएका नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेर मात्रै मिल्ने कि नमिल्ने भनेर धारणा बनाउने तयारी गरेका हन् ।

माधव नेपालले ओलीले फेरि पनि जालझेल गर्ने भन्दै त्यसमा नफस्ने आफूनिकट नेताहरूलाई बताउँदै आएका छन् । आफ्नो पार्टी अध्यक्षले गरेको आह्वानमा पनि सन्तुष्ट नदेखिएका नेता नेपाल एमालेमा मिल्ने कुनै चासो देखाइरहेका छैनन् ।

पार्टीभित्रको विवाद मिलाउने कि नमिलाउने भन्ने विषयमा प्रतिस्पर्धी पार्टीका नेतासँग छलफल गरेर धारणा तयार गर्ने नेता नेपालको रणनीति निर्लज्ज रहेको टिप्पणी हुन थालेको छ । प्रचण्डले मिल भने मिल्ने र नमिल भने नमिल्ने अवस्थामा नेता नेपाल पुगिसकेको यो घटनाले देखाएको छ ।

एमाले अध्यक्ष ओलीले आइतबार राति पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अपिल जारी गरेका थिए । ओलीले माधव नेपाल पक्षको माग बमोजिम पार्टीलाई जेठ २ मा फर्काउने र माधव पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिनुपर्ने शर्त अगाडि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...