माधव नेपालले प्रचण्डलाई सोधे– केपी ओलीसँग मिलौं कि नमिलौं ?



हाम्रो इकोनोमि

 

नेकपा एमालेबाट कारबाहीमा परेका वरिष्ठ नेता माधव कुमार नेपालले केपी ओलीसँग मिलौं कि नमिलौं भनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोधनी गरिरहेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै संरचनामा फर्काउने घोषणा गरेलगत्तै प्रचण्डसँग भेट गरी माधव नेपालले उक्त विषयबारे छलफल गरेका छन् । आफ्नै समूहमा समेत तीव्र दबाबमा पर्दै आएका नेता माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल गरेर मात्रै मिल्ने कि नमिल्ने भनेर धारणा बनाउने तयारी गरेका हन् ।

माधव नेपालले ओलीले फेरि पनि जालझेल गर्ने भन्दै त्यसमा नफस्ने आफूनिकट नेताहरूलाई बताउँदै आएका छन् । आफ्नो पार्टी अध्यक्षले गरेको आह्वानमा पनि सन्तुष्ट नदेखिएका नेता नेपाल एमालेमा मिल्ने कुनै चासो देखाइरहेका छैनन् ।

पार्टीभित्रको विवाद मिलाउने कि नमिलाउने भन्ने विषयमा प्रतिस्पर्धी पार्टीका नेतासँग छलफल गरेर धारणा तयार गर्ने नेता नेपालको रणनीति निर्लज्ज रहेको टिप्पणी हुन थालेको छ । प्रचण्डले मिल भने मिल्ने र नमिल भने नमिल्ने अवस्थामा नेता नेपाल पुगिसकेको यो घटनाले देखाएको छ ।

एमाले अध्यक्ष ओलीले आइतबार राति पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अपिल जारी गरेका थिए । ओलीले माधव नेपाल पक्षको माग बमोजिम पार्टीलाई जेठ २ मा फर्काउने र माधव पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिनुपर्ने शर्त अगाडि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...