प्रचण्ड निवास पुगे माधवकुमार नेपाल



हाम्रो इकोनोमि

 

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ ३ भन्दा पहिलाको अवस्थामा पार्टी फर्काउने घोषणा गरेलगत्तै बरिष्ठ नेता माधवकुमार नेपाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको निवास पग्नुभएको छ । पार्टी एकताका लागि आफुहरुले भन्दै आएको सवै कुरा अध्यक्ष ओलीले बक्तब्यमार्फत नै पूरा गरेपछि नयाँ राजनीतिक परिस्थित उत्पन्न भएपछि छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवासमा पुग्नुभएको हो ।

राति १० बजे प्रचण्डको निवास खुमलटारमा नेता नेपाल पुग्नुभएको हो । उहाँहरुबीच एक घन्टाभन्दा धेरै छलफल भएको छ । एमालेको आन्तरिक विग्रह समाधान गर्न प्रधानमन्त्री तथा अध्यक्ष ओलीले माधवकुमार नेपालका माग पूरा गरिदिने घोषणा गर्नुभए लगत्तै प्रचण्ड निवासमा माधव जानुभएको हो । उहाँहरु बीचको छलफल र निष्कर्षबारे अहिलेसम्म जानकारी प्राप्त हुन सकेको छैन ।

माधवको गुटले राखेको माग अनुसार पार्टीलाई जेठ २ को अवस्थामा फर्काउन अध्यक्ष ओली तयार हुनुभएको हो । अध्यक्ष ओलीको सो प्रस्तावलाई माधवले चालबाजी भन्दै विज्ञप्ति दिनुभएको छ । तर, माधव गुटमा रहेका अधिकांश नेताहरुले स्वागतयोग्य भएको बताउनु भएको छ । एमालेमै रहने कि नयाँ पार्टी खोल्ने भन्ने विषयमा माधव गुटमा तिब्र विवाद चलिरहेको छ । केही नेताहरु एमालेबाट बाहिरिएरमा ओवादीमा बिलय हुनुपर्ने अडानमा रहनुभएको छ भने अधिकांश नेता पार्टीमै रहने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...