प्रचण्ड निवास पुगे माधवकुमार नेपाल



हाम्रो इकोनोमि

 

 

एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ ३ भन्दा पहिलाको अवस्थामा पार्टी फर्काउने घोषणा गरेलगत्तै बरिष्ठ नेता माधवकुमार नेपाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको निवास पग्नुभएको छ । पार्टी एकताका लागि आफुहरुले भन्दै आएको सवै कुरा अध्यक्ष ओलीले बक्तब्यमार्फत नै पूरा गरेपछि नयाँ राजनीतिक परिस्थित उत्पन्न भएपछि छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निवासमा पुग्नुभएको हो ।

राति १० बजे प्रचण्डको निवास खुमलटारमा नेता नेपाल पुग्नुभएको हो । उहाँहरुबीच एक घन्टाभन्दा धेरै छलफल भएको छ । एमालेको आन्तरिक विग्रह समाधान गर्न प्रधानमन्त्री तथा अध्यक्ष ओलीले माधवकुमार नेपालका माग पूरा गरिदिने घोषणा गर्नुभए लगत्तै प्रचण्ड निवासमा माधव जानुभएको हो । उहाँहरु बीचको छलफल र निष्कर्षबारे अहिलेसम्म जानकारी प्राप्त हुन सकेको छैन ।

माधवको गुटले राखेको माग अनुसार पार्टीलाई जेठ २ को अवस्थामा फर्काउन अध्यक्ष ओली तयार हुनुभएको हो । अध्यक्ष ओलीको सो प्रस्तावलाई माधवले चालबाजी भन्दै विज्ञप्ति दिनुभएको छ । तर, माधव गुटमा रहेका अधिकांश नेताहरुले स्वागतयोग्य भएको बताउनु भएको छ । एमालेमै रहने कि नयाँ पार्टी खोल्ने भन्ने विषयमा माधव गुटमा तिब्र विवाद चलिरहेको छ । केही नेताहरु एमालेबाट बाहिरिएरमा ओवादीमा बिलय हुनुपर्ने अडानमा रहनुभएको छ भने अधिकांश नेता पार्टीमै रहने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...