माधव नेपाल समूहका नेताहरु विभाजित, को-कता



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको आह्वान गर्दै ‘निर्णायक’ प्रस्ताव अघि सारेपछि माधव नेपाल समूहमा कम्पन पैदा भएको छ । एकता प्रस्तावलाई लिएर उक्त समूहका नेताहरु विभाजित देखिएका छन् । अध्यक्ष ओलीले माधव समूहको आधारभूत माग पूरा गर्दै पार्टीलाई ३ जेठको अवस्थामा फर्काउने घोषणा गरेका थिए । साथै विगतका काम-कुरालाई लिएर पार्टीमा कसैलाई कारवाही नगर्ने प्रतिवद्धता पनि उनले जनाएका छन् ।

माधव नेपाल समूहले ओलीको उक्त प्रस्तावमाथि औपचारिक छलफल गर्न बाँकी छ । तर, दोस्रो तहका नेताहरुले सामाजिक सञ्जालमा दिएको प्रतिक्रिया हेर्दा समूहभित्रै फाटो आउनसक्ने देखिन्छ । ओलीको वक्तव्य आएपछि युवा नेता योगेश भट्टराईले तत्काल प्रतिक्रिया दिँदै एकता प्रस्तावको स्वागत गरेका थिए । उनी पार्टी एकता हुनुपर्ने पक्षमा पहिल्यैदेखि अडिक छन् ।

फेसबुकमा भट्टराईले लेखेका छन्, ‘एकता आह्वान मुलतः सकारात्मक छ । यसले पार्टीका शीर्ष नेतृत्वबीच सार्थक संवाद हुनेछ र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षा गर्छु ।’ यो वक्तव्यले कार्यदल स्तरको छलफललाई निरन्तरता दिन बाटो खुलेको उनले बताएका छन् । माधव पक्षका हार्डलाइनर नेताहरु भने ओलीको वक्तव्यलाई सकारात्मक मान्न तयार छैनन् । अदालतमा आफूविरुद्धको मुद्दा कमजोर पार्नका लागि ओलीले ‘नयाँ चाल रचेको’ उनीहरुको ठहर छ ।

केन्द्रीय सदस्य डा. विजय पौडेलले लेखेका छन्, ‘वक्तव्यको मूल उद्देश्य प्रतिगमनलाई सही हो भनेर स्वीकारिदिउन् भन्ने रहेछ । यो वक्तव्यको मूल आशय प्रतिगमन भाग-२ का पक्षमा वातावरण बनाउनु हो भन्ने प्रष्ट छ । यस्तो छली वक्तव्यलाई कुरा नबुझेर कतिपयले स्वागत गर्ने हतारो देखाएछन् । अर्का नेता जगन्नाथ खतिवडाले पनि ओलीको वक्तव्य भ्रामक रहेको बताएका छन् । ओलीले जेठ २ भन्नुपर्नेमा जेठ ३ भनेर जाल गरेको समेत उनको प्रतिक्रिया छ ।

‘सर्वोच्चबाट हस्ताक्षर फिर्ता लिन लगाउने मात्रै उनको नियत देखिन्छ । अरु कुनै कुरामा उनले आफूलाई सच्याएका छैनन्,’ खतिवडाले लेखेका छन्, ‘यो हाम्रो सहमतिको वक्तव्य हुँदै होइन ।’ एमालेका संस्थापनपक्षीय नेताहरुले भने पार्टी एकताका लागि ओलीले फराकिलो छाति देखाएको दावी गरेका छन् । सामाजिक सञ्जालमा पनि ओलीको वक्तव्यलाई लिएर सकारात्मक प्रतिक्रिया छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...