कांग्रेस र माओवादीको ठूलो हिस्सा एमाले प्रवेशको तयारीमा



हाम्रो इकोनोमि

 

 

 

नेपाली कांग्रेस र माओवादी केन्द्रको ठूलो हिस्सा सत्तारुढ एमालेमा प्रवेश गर्न लागेको एमाले युवा नेता महेश बस्नेतले खुलासा गरेका छन् ।सगरमाथा टेलिभिजनको अन्तर्वार्तामा नेता बस्नेतले सत्ताका लागि गठबन्धन बनाउने, अर्काका सांसदको आडमा सत्तामा दाबी गर्ने र दाबी खारेज भएपछि सत्ताकै लागि अदालत पुगेको भन्दै कांग्रेस र माओवादीको ठूलो जमातमा असन्तुष्टि छाएको र उनीहरु एमाले प्रवेशको मनस्थितिमा रहेको बताए ।

केही दिनअघि युवा संघको कार्यक्रममा पनि एमाले फुटाउन खोज्दा कांग्रेस र माओवादी पनि फुट्न सक्ने चेतावनी दिएका बस्तेनले त्यसमा थप पुष्ट्याउँदै कांग्रेसभित्रका २३ र माओवादी भित्रका २५ जनाको समूह विद्रोहको निष्कर्षमा पुगेको सूचना आफूलाई आएको खुलासा गरे । बस्नेतसँग आएको सूचना उनकै शब्दमा संसदीय व्यवस्थाका लागि लडेको कांग्रेसले आज दलविहीन व्यवस्थाको परिकल्पना एउटा प्रधानमन्त्रीका लागि गरेको हो? संविधानको धारा ७६ (५) को प्रधानमन्त्री बन्न देउवाले नेकपा एमाले र जसपाका विद्रोही सांसदलाई बोकेर कांग्रेस अदालत जाने अवस्था बन्नु लोकतान्त्रिक व्यवस्था र बहुदलीय व्यवस्थाका लागि हानिकारक र हास्यापद छ ।

दललाई मजबुत बनाउने दिशामा नजाने हो र नेपालको राजनीति फेरि ७२ सालकै सेरोफेरोमा घुमाउने र अर्काको दल फुटाउने र अनेक खालका चलखेल भित्र्याउने र विकृति भित्र्याउने मोडलमा गयो भने कांग्रेस भित्रका लोकतान्त्रिक धारहरु र त्यहाँभित्रका बौद्धिक सर्कलसँग नियमित कुराकानी हुँदा अहिलेको कांग्रेसले प्रचण्ड, उपेन्द्र बाबुरामहरुसँग जुन सहकार्य गरिरहेको छ उसको लोकतान्त्रिक धारमा राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा गम्भीर प्रश्न उठ्दैछ ।इतिहासमै पहिलोपटक सत्ताका लागि कांग्रेस मुद्दा लिएर अदालत जाँदा यसबाट कांग्रेसभित्रको बौद्धिक सर्कल निकै असन्तुष्ट छ । माओवादीभित्र प्रचण्ड समाप्तीको दिशातिर गए हामीलाई संरक्षण पनि गर्न सक्दैनन् भविष्य पनि छैन भनेर असन्तुष्टि निकै चर्को ढंगले उठिरहेको छ ।

प्रचण्डसँग छुट्टिएका वैद्यदेखि विप्लवसँग एलायन्स बनाएर भोलि एमालेसँग जाने कि डाइरेक्ट एमालेमा जाने भनेर माओवादीभित्र चर्को बहस छ। कांग्रेसभित्र पनि २३/२५ जना र माओवादीभित्र पनि २५ जना असन्तुष्टहरु फरक ढंगले जान खोजेका छन् भन्ने सूचना पाएको छु ।सिसाको घरभित्र बसेर अर्काको घरमा ढुंगा हान्न खोज्यो भने आफ्नो घर पनि फुट्ने खतरा हुन्छ भनेर दलहरुले बुझ्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...