एमाले एकताको प्रयास बिफल, आज छुट्टाछुटै बैठक



हाम्रो इकोनोमि

 

नेकपा एमाले एकताको प्रयास लगभग बिफल भएको छ ।  एमालेको केपी शर्मा ओली र झलनाथ खनाल माधव नेपाल पक्षको आज छुट्टाछुट्टै बैठक बस्दै छ । ओली पक्षीय स्थायी कमिटी बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ भने खनाल नेपाल पक्षीय केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे भर्चुअल बैठक बस्दै छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको र आज बिहान ११ बजे बैठक सुरू हुने नेता निरज आचार्यले बताए।

एकताको प्रयास र विभाजनको तयारीका बीच एमालेका दुई पक्ष विहीबार आन्तरिक छलफल गर्दै छन्  । काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका खनाल, नेपालसहित ११ जनालाई पार्टीबाट निकालेर ओली पक्ष एकताको प्रयास गरिरहेको छ । यद्यपि ओली पक्षबाट नेपाल पक्षका केन्द्रका १२ जना र सुदूरपश्चिमका १० जना नेतामाथि गरिएको कारबाहीको तयारी रोकिएको छ ।

ओली पक्षले नेपालसहितका केही नेता बाहेकलाई बाहिर राखेर एकताको प्रयास गरिरहेको छ । त्यसमा माधव नेपाल पक्षमा नेताहरु घनश्याम भुसाल सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण बिष्ट लागि परेको देखिन्छ । उनीहरुले केही दिनयता ओली पक्षसँग निरन्तर छलफल गरिरहेका छन् । आफ्नो निर्देशन विना ओली पक्षसँग उनीहरुले गरिरहेको वार्ताप्रति असन्तुष्ट नेता खनाल र नेपालले आज केन्द्रीय कमिटीमा छलफल गरेर आगामी रणनीति बनाउने बुझिएको छ ।

दुवै पक्षका दोस्रो पुस्ताका नेताबीच संवाद चलिरहेका बेला नेता  नेपालले ओलीको सन्देश आफ्नो समूहलाई ‘फुटाउने र राज गर्ने’ नीतिका रूपमा आएको बताएका छन्। साँचो अर्थमा ओलीले पार्टीको विवाद मिलाउन नचाहेको नेपालको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...