माधव नेपाल ब्याक नहुने, यस्तो छ अडान



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले फुटबाट जोगिन चमत्कार नै हुनुपर्ने भएको छ । फुट रोक्न अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली पूर्ववत् निर्णयहरुबाट ब्याक हुन तयार भएपनि माधव नेपाल पक्ष आश्वस्त हुन सकेको छैन । बरु यसलाई ओलीको अर्को ‘फण्डा’का रुपमा लिएको छ ।

नेपाल निकट एक नेताले अब ओलीको कुनैपनि अस्त्रबाट नअलमलिने बताएका छन् । उनले  भने,‘ओलीले यसअघि पनि यस्तै आश्वासन दिदै पेल्दै जाने नीति अपनाएको थिए, यो त्यसैको अर्को रुप मात्र हो ।’

माधव नेपालनिकट नेता राजेन्द्र राईले पनि सहमतिको सम्भावना टरिसकेको बताएका छन् । उनले एमाले एकताका लागि भएका वार्तालाई व्यक्तिगत वार्ताको संज्ञा दिए ।

ओलीले शर्तसहित ब्याक हुने प्रस्ताव नेता माधव नेपाललाई पठाएपनि त्यसबाट नअलमलिने सन्देश बालुवाटारमा पुगेको छ । तर, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र घनश्याम भुसाल भने सहमतिका लागि भन्दै बालुवाटार र कोटेश्वर दौडिइरहेका छन् ।

माधव नेपालले ओलीसँगै रहँदा भन्दा विरोधी गठबन्धनबाट फाइदा लिइरहेको हिसाबकिताब हुन थालेको छ । नेपालनिकटस्थहरुले राष्ट्रियसभा निर्वाचनमा खिमलाल देवकोटाको विजय र रुख चिन्हबाटै उठेपनि नेपालनिकट दृगनारायण पाण्डेयको लुम्बिनी प्रदेशमा विजयलाई ठूलो सफलता मानिएको छ । यसैगरी, चुनावमा गठबन्धन बनाएर जाँदा ओलीले नराम्रो धक्का खाने सम्मको आँकलन गरिएको छ ।

देउवासँग नेपालको दरिलो गठबन्धन बनिसकेकाले पछि हटिहाल्ने सम्भावना कम भइसकेको छ । आगामी चुनावसम्म मिलेर जानेगरी भित्री सहमति बनेको बुझिएको छ । बरु पार्टी अर्को बनाएर जानेगरी नेपाल अगाडि बढेका छन् । त्यही भेउ पाएर ओलीले ब्याक हुने प्रस्ताव पठाएको बुझाई नेपाल पक्षको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...

मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति निर्विरोध

    उर्जा उत्पादकहरुको संस्था (इप्पान)मा नयाँ कार्यसमिति चयन भएको छ । यसअघि...

काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

   बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा...

भदौको भन्दा सशक्त आन्दोलन गर्छौँ : महेश बस्नेत

     नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी...