एमाले विभाजन रोक्न राष्ट्रपति भण्डारी सक्रिय, योगेशको दौडधुप



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको विभाजन रोक्न राष्ट्रपति विद्या भण्डारी फेरि सक्रिय भएकी छिन् । उनले नेताहरुसँग नियमित सम्पर्क गरी सहमतिको बिन्दु तयार गर्न आग्रह गर्दै आएकी छिन् । अहिले भण्डारीको एमाले एकता कायमै राख्ने पहलमा नेता योगेश भट्टराईले साथ दिदै आएका छन् । उनले नियमितजसो भण्डारीलाई भेटेर सहमतिको बिन्दु तयार गर्न सक्रियता बढाइरहेका छन् ।

विश्वस्त स्रोतका अनुसार भट्टराईले राष्ट्रपति भण्डारीसँग छलफल गरी अध्यक्ष ओलीलाई ब्याक हुन सहमत बनाएका छन् । त्यो सन्देश लिएर उनी माधव नेपाल कहाँ पुगे । त्यसपछि २ जेठ २०७५ को अवस्थामा पार्टी कमिटी र संगठनलाई फर्काएर लाने विषयमा मौखिक सहमति बनेको बुझिएको छ ।

नेपालले पनि पुरानो अवस्थामा पार्टी कमिटीलाई फर्काएमा सहमत हुनसक्ने सन्देश दिएका छन् । त्यो सन्देश बोकेर भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेका थिए । उनले सर्तसहित सहमतिको प्रस्ताव राखेका छन् । जसमा उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता देखि अदालतमा दायर रिट फिर्ताको समेत शर्त राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...