एमाले विभाजन रोक्न राष्ट्रपति भण्डारी सक्रिय, योगेशको दौडधुप



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको विभाजन रोक्न राष्ट्रपति विद्या भण्डारी फेरि सक्रिय भएकी छिन् । उनले नेताहरुसँग नियमित सम्पर्क गरी सहमतिको बिन्दु तयार गर्न आग्रह गर्दै आएकी छिन् । अहिले भण्डारीको एमाले एकता कायमै राख्ने पहलमा नेता योगेश भट्टराईले साथ दिदै आएका छन् । उनले नियमितजसो भण्डारीलाई भेटेर सहमतिको बिन्दु तयार गर्न सक्रियता बढाइरहेका छन् ।

विश्वस्त स्रोतका अनुसार भट्टराईले राष्ट्रपति भण्डारीसँग छलफल गरी अध्यक्ष ओलीलाई ब्याक हुन सहमत बनाएका छन् । त्यो सन्देश लिएर उनी माधव नेपाल कहाँ पुगे । त्यसपछि २ जेठ २०७५ को अवस्थामा पार्टी कमिटी र संगठनलाई फर्काएर लाने विषयमा मौखिक सहमति बनेको बुझिएको छ ।

नेपालले पनि पुरानो अवस्थामा पार्टी कमिटीलाई फर्काएमा सहमत हुनसक्ने सन्देश दिएका छन् । त्यो सन्देश बोकेर भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेका थिए । उनले सर्तसहित सहमतिको प्रस्ताव राखेका छन् । जसमा उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता देखि अदालतमा दायर रिट फिर्ताको समेत शर्त राखेका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...