जसपाको अध्यक्ष ठाकुरसहित चार नेता पार्टीबाट निस्कासित



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टी जसपाको बाबुराम भट्टराई- उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको छ। मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गरेको र उक्त जानकारी निर्वाचन आयोगलाई गराइसकिएको एक कार्याकारीणी सदस्यले सेतोपाटीलाई जानकारी दिए। काठमाडौंमा उपलब्ध सदस्यको बैठकले उनीहरूलाई कारबाही गरेको हो।

जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष यादव पक्षले यसअघिनै अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई दुई पटक स्पष्टिकरण सोधिसकेका थियो। भट्टराई-यादव पक्षले वर्तमान सरकारमा सहभागी हुने जुनसुकै नेतालाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका थिए। ठाकुर पक्ष भने ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित सरकारमा जाने अन्तिम तयारीमा छ।

यसैबीच ठाकुर पक्षले सरकारमा जाने विषयमा छलफल गर्न आफ्नो बैठक बोलाएको छ। बबरमहलस्थित पार्टी कार्यालयमा अध्यक्ष ठाकुरले आफू निकट नेतासँग छलफल गरिरहेका छन्। ठाकुर पक्षले पनि यादवलाई स्पष्टिकरण सोधेका छन्। जसपाको कार्यकारिणी समितीमा भट्टराई-यादव पक्षको बहुमत छ भने विघटीत प्रतिनिधि सभामा ठाकुर पक्षको बहुमत छ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...