संवैधानिक इजलास यथावत, विपक्षीलाई अर्को झड्का



हाम्रो इकोनोमि

 

प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै परेका रिटमाथिको सुनुवाइ आज पुनः शुरु हुँदैछ । संवैधानिक इजलासका दुई न्यायाधीश बमकुमार श्रेष्ठ र तेजवहादुर केसीको सम्बन्धमा विपक्षी गठबन्धनका कानून व्यवसायीले प्रश्न उठाए पनि इजलास पुरानै कायम भएको छ । सोमवार दिनभर न्यायाधीशहरु छलफलमा बसे पनि दुई न्यायाधीशले झगडीले भनेका भरमा इजलास नछाड्ने अडान लिएका छन् । त्यस्तै इजालसमा रहेका अन्य दुई न्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईले आज के गर्छन् ? भन्ने पनि चासो छ ।

दुई न्यायाधीशले प्रश्न उठेपछि इजलास छाड्नुपर्ने सुझाव उनीहरुले दिएको बताइन्छ । सोमवार ९ जना न्यायाधीशरुको बैठकले पनि कार्की र भट्टराईले स्वविवेकमा निर्णय लिनुपर्ने ठहर गरेको थियो । विवादकै कारण सोमवार संवैधानिक इजलामा रहेका दुई न्यायाधीश केसी र श्रेष्ठको सन्दर्भ कुनै आदेश आएको थिएन । आजको इजलासमा सबैभन्दा पहिले यही विषय छिनोफानो भएर अरु प्रक्रिया अघि बढ्ने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...