संवैधानिक इजलास यथावत, विपक्षीलाई अर्को झड्का



हाम्रो इकोनोमि

 

प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनको माग गर्दै परेका रिटमाथिको सुनुवाइ आज पुनः शुरु हुँदैछ । संवैधानिक इजलासका दुई न्यायाधीश बमकुमार श्रेष्ठ र तेजवहादुर केसीको सम्बन्धमा विपक्षी गठबन्धनका कानून व्यवसायीले प्रश्न उठाए पनि इजलास पुरानै कायम भएको छ । सोमवार दिनभर न्यायाधीशहरु छलफलमा बसे पनि दुई न्यायाधीशले झगडीले भनेका भरमा इजलास नछाड्ने अडान लिएका छन् । त्यस्तै इजालसमा रहेका अन्य दुई न्यायाधीश दिपककुमार कार्की र आनन्दमोहन भट्टराईले आज के गर्छन् ? भन्ने पनि चासो छ ।

दुई न्यायाधीशले प्रश्न उठेपछि इजलास छाड्नुपर्ने सुझाव उनीहरुले दिएको बताइन्छ । सोमवार ९ जना न्यायाधीशरुको बैठकले पनि कार्की र भट्टराईले स्वविवेकमा निर्णय लिनुपर्ने ठहर गरेको थियो । विवादकै कारण सोमवार संवैधानिक इजलामा रहेका दुई न्यायाधीश केसी र श्रेष्ठको सन्दर्भ कुनै आदेश आएको थिएन । आजको इजलासमा सबैभन्दा पहिले यही विषय छिनोफानो भएर अरु प्रक्रिया अघि बढ्ने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...