केपी ओली आधुनिक नेपालका निर्माता : महेश बस्नेत



हाम्रो इकोनोमि

 

 

एमाले केन्द्रीय सदस्य महेश बस्नेतले माधवकुमार नेपाल पथभ्रष्ट बाटोमा हिँडेको तथ्य राख्नुभएको छ । युवा संघ नेपाल केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै सो संगठनका इञ्चार्जसमेत रहनुभएका बस्नेतले माधव नेपाल प्रथभ्रष्ट रहेको तथ्य खोलिदिनु भएको हो ।

बस्नेतले माधवकुमार नेपालहरू हिजो ‘प्रतिगमन आधा सच्चिएको भन्दै ज्ञानेन्द्र शाहले बनाएको सरकारमा जान हतारिएको र आज प्रतिगमन भन्दै आफै प्रतिगामी बाटोमा हिँडेको बताउनु भयो । बस्नेतका अनुसार माधवकुमार नेपालहरू कहीँ नपुग्ने बाटोतिर अग्रसर हुनुभएको छ । तत्कालीन माओवादीले जनयुद्धका नाममा अर्बौंको भौतिक संरचना ध्वस्त बनाएको र त्यही कारणले मुलुक पछि परेको तथ्य राख्दै बस्नेतले माधव नेपाल अहिले त्यही गलत बाटोमा हिडेको प्रष्ट पार्नुभयो ।

त्यतिबेला ध्वस्त भएका संरचना अहिले निर्माण हुन थालेको भन्दै उहाँले माधव समुह पश्चात्ताप गर्दै फेरि ओलीको शरणमा आउनुको बिकल्प नभएको बताउनु भयो । ‘हिजो माधव र झलनाथले चलाएको पार्टी हेरौं, हिजो एमाले न पोथी, न भालेको अवस्थामा, लिंग नछुट्टिएको अवस्थामा थियो । आज एमालेको पहिचान स्पष्ट छ, अन्तर्राष्ट्रिय मञ्चमा केपी ओलीको खोजी हुन थालेको छ । राष्ट्र प्रमुखहरूको सम्मेलनमा नेपाल फस्ट बेञ्चर बन्न थालेको छ । हिजो ब्याक बेञ्चर थियो, यो तथ्य हो,’ बस्नेतले भन्नुभयो ।

उहाँले केपी ओली आधुनिक नेपालका निर्माता भएको कुरा तथ्यले नै स्थापित गरिसकेको बताउनु भयो । ‘केपी ओली आधुनिक नेपालका निर्माता हुन, जसलाई जति रिस उठे पनि तथ्यहरूले यही भन्छ,’ बस्नेतले भन्नुभयो । हुलाकी राजमार्ग, मदन भण्डारी, मध्यपहाडी राजमार्ग प्रधानमन्त्री ओलीकै पालमा बनेको र सडक सञ्जाल निर्माणको तथ्यले पनि उहाँ विकासवादी नेता भएको ठहर्ने बस्नेतको निचोड छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...