केपी ओली आधुनिक नेपालका निर्माता : महेश बस्नेत



हाम्रो इकोनोमि

 

 

एमाले केन्द्रीय सदस्य महेश बस्नेतले माधवकुमार नेपाल पथभ्रष्ट बाटोमा हिँडेको तथ्य राख्नुभएको छ । युवा संघ नेपाल केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै सो संगठनका इञ्चार्जसमेत रहनुभएका बस्नेतले माधव नेपाल प्रथभ्रष्ट रहेको तथ्य खोलिदिनु भएको हो ।

बस्नेतले माधवकुमार नेपालहरू हिजो ‘प्रतिगमन आधा सच्चिएको भन्दै ज्ञानेन्द्र शाहले बनाएको सरकारमा जान हतारिएको र आज प्रतिगमन भन्दै आफै प्रतिगामी बाटोमा हिँडेको बताउनु भयो । बस्नेतका अनुसार माधवकुमार नेपालहरू कहीँ नपुग्ने बाटोतिर अग्रसर हुनुभएको छ । तत्कालीन माओवादीले जनयुद्धका नाममा अर्बौंको भौतिक संरचना ध्वस्त बनाएको र त्यही कारणले मुलुक पछि परेको तथ्य राख्दै बस्नेतले माधव नेपाल अहिले त्यही गलत बाटोमा हिडेको प्रष्ट पार्नुभयो ।

त्यतिबेला ध्वस्त भएका संरचना अहिले निर्माण हुन थालेको भन्दै उहाँले माधव समुह पश्चात्ताप गर्दै फेरि ओलीको शरणमा आउनुको बिकल्प नभएको बताउनु भयो । ‘हिजो माधव र झलनाथले चलाएको पार्टी हेरौं, हिजो एमाले न पोथी, न भालेको अवस्थामा, लिंग नछुट्टिएको अवस्थामा थियो । आज एमालेको पहिचान स्पष्ट छ, अन्तर्राष्ट्रिय मञ्चमा केपी ओलीको खोजी हुन थालेको छ । राष्ट्र प्रमुखहरूको सम्मेलनमा नेपाल फस्ट बेञ्चर बन्न थालेको छ । हिजो ब्याक बेञ्चर थियो, यो तथ्य हो,’ बस्नेतले भन्नुभयो ।

उहाँले केपी ओली आधुनिक नेपालका निर्माता भएको कुरा तथ्यले नै स्थापित गरिसकेको बताउनु भयो । ‘केपी ओली आधुनिक नेपालका निर्माता हुन, जसलाई जति रिस उठे पनि तथ्यहरूले यही भन्छ,’ बस्नेतले भन्नुभयो । हुलाकी राजमार्ग, मदन भण्डारी, मध्यपहाडी राजमार्ग प्रधानमन्त्री ओलीकै पालमा बनेको र सडक सञ्जाल निर्माणको तथ्यले पनि उहाँ विकासवादी नेता भएको ठहर्ने बस्नेतको निचोड छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...