राजेन्द्र महतोको नेतृत्वमा गृृहसहित दश मन्त्रालय जसपालाई



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ । औपचारिक निर्णय नभइसकेपनि जसपाको महन्थ ठाकुर समूहले सरकारमा जाने तयारीसँगै मन्त्रालय र संख्याबारे छलफल बढाएको छ । आज जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । भेट सरकारमा सहभागिता र राजनीतिक लेनदेनबारे केन्द्रित भएको बुझिएको छ । राजेन्द्र महतोको नेतृत्वमा गृृहसहित दश मन्त्रालय जसपालाई दिने ओलीको तयारी छ ।

मन्त्रालयको बाँडफाँडको कुरा मिलेपछि यसै हप्ता जसपा सरकारमा जाने निश्चितप्रायः छ । जसपा राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने बुझिएको छ । महतोले उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालय पाउने सम्भावना रहेको छ ।

मन्त्री बन्ने सूचीमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, सर्वेन्द्रनाथ शुक्ला, उमाशंकर अगरिया रहेका छन् । ठाकुर समूहमा रहेर प्रधानमन्त्री ओलीलाई सत्ता संघर्षको निर्णायक घडीमा साथ दिनेहरुलाई मन्त्री बनाउने निश्चितप्रायः छ । मन्त्री बन्ने दौडमा ठाकुर समूहका अन्य नेताहरु पनि छन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...