राजेन्द्र महतोको नेतृत्वमा गृृहसहित दश मन्त्रालय जसपालाई



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने भएको छ । औपचारिक निर्णय नभइसकेपनि जसपाको महन्थ ठाकुर समूहले सरकारमा जाने तयारीसँगै मन्त्रालय र संख्याबारे छलफल बढाएको छ । आज जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । भेट सरकारमा सहभागिता र राजनीतिक लेनदेनबारे केन्द्रित भएको बुझिएको छ । राजेन्द्र महतोको नेतृत्वमा गृृहसहित दश मन्त्रालय जसपालाई दिने ओलीको तयारी छ ।

मन्त्रालयको बाँडफाँडको कुरा मिलेपछि यसै हप्ता जसपा सरकारमा जाने निश्चितप्रायः छ । जसपा राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने बुझिएको छ । महतोले उपप्रधानमन्त्रीसहित गृह या भौतिक मन्त्रालय पाउने सम्भावना रहेको छ ।

मन्त्री बन्ने सूचीमा शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, चन्दा चौधरी, सर्वेन्द्रनाथ शुक्ला, उमाशंकर अगरिया रहेका छन् । ठाकुर समूहमा रहेर प्रधानमन्त्री ओलीलाई सत्ता संघर्षको निर्णायक घडीमा साथ दिनेहरुलाई मन्त्री बनाउने निश्चितप्रायः छ । मन्त्री बन्ने दौडमा ठाकुर समूहका अन्य नेताहरु पनि छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...

चैत महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

    चैत महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।...

पार्टीपंक्तिबाटै फेक आइडी बनाएर चरित्र हत्या : योगेश भट्टरा

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको माथिल्लो तहबाटै आफू र पार्टीका...