प्रदेश २ का मुख्यमन्त्री राउतको पद धरापमा



हाम्रो इकोनोमि

 

 

जनता समाजवार्दी पार्टीको केन्द्रको विवादले प्रदेश २ सरकारमा कम्पन आएको छ । फुटको संघारमा जसपा पुगेपछि प्रदेश २ सरकारमा ठूलै भुइँचालो जानसक्ने देखिएको छ । अध्यक्ष उपेन्द्र यादव पक्षधर मुख्यमन्त्री लालबाबु राउत केन्द्रमा अध्यक्ष महन्थ ठाकुर समूह ओली सरकारमा सहभागी भएमा कठोर निर्णयको तयारीमा छन् । विश्वस्त स्रोतका अनुसार ठाकुर समूह ओली सरकारमा सहभागी भएमा प्रदेशका मन्त्रीहरुलाई हटाउने तयारीमा बसेका छन् । उनले पूर्वराजपाबाट मन्त्री बनेकाहरुलाई हटाउने तयारी गरेका हुन् ।

जसपाभित्रको विवादले प्रदेश २ को सरकारमा उथलपुथल हुने सम्भावना बलियो छ । मुख्यमन्त्री राउतले भने काँग्रेस र एमालेको माधवकुमार नेपाल समूहसँग सत्ताको नयाँ सहकार्य गर्ने रणनीति तयार भइसकेको छ । प्रदेश २ को १०७ सांसदमध्ये जसपाका ५५ छन् । यो संख्या स्पष्ट बहुमत हो ।

जसपा फुटेमा उपेन्द्र यादव समूह र महन्थ ठाकुर समूहमा आधा आधा सांसद संख्या रहने अवस्था छ । त्यतिबेला नेपाली काँग्रेस र नेकपा एमालेको माधव नेपाल पक्षसँग मिलेर फेरि लालबाबु राउत नै मुख्यमन्त्री बन्ने अवस्था बन्न सक्छ । एमालेसँग ३२ र नेपाली काँग्रेससँग १९ सांसद छन् । एमाले विभाजनका कारण नेपाल समूहमा केही सांसद छन् ।

जसपाको केन्द्रको फुटको असर अहिले नै प्रदेशमा पर्न थालेको छ । सत्ता संघर्षको नयाँ परिस्थिति विकास हुँदै गएको छ । विगतमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी हुँदै गठबन्धन गरेर चुनाव लड्दा पाएको सफलतापछि सहमति बमोजिम राउत मुख्यमन्त्री बनेका थिए । तत्कालीन समाजवादी पार्टी र राजपा मिलेर प्रदेश २ मा सरकार गठन गरेका थिए । जसफा फुटेमा त्यो गठबन्धन पनि तोडिनेछ ।

यसैगरी, जसपाको ठाकुर समूहले ओली सरकारमा सहभागी हुँदा प्रदेश २ मा आफूपक्षीय मन्त्रीहरु हटाइने विषयलाई पनि ध्यान दिइरहेको बुझिएको छ । एमालेसँग मिलेर प्रदेश २ मा समेत सरकार आफैले बनाउने सम्भावनाबारे पनि ठाकुर समूहभित्र छलफल बढेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...