प्रदेश २ का मुख्यमन्त्री राउतको पद धरापमा



हाम्रो इकोनोमि

 

 

जनता समाजवार्दी पार्टीको केन्द्रको विवादले प्रदेश २ सरकारमा कम्पन आएको छ । फुटको संघारमा जसपा पुगेपछि प्रदेश २ सरकारमा ठूलै भुइँचालो जानसक्ने देखिएको छ । अध्यक्ष उपेन्द्र यादव पक्षधर मुख्यमन्त्री लालबाबु राउत केन्द्रमा अध्यक्ष महन्थ ठाकुर समूह ओली सरकारमा सहभागी भएमा कठोर निर्णयको तयारीमा छन् । विश्वस्त स्रोतका अनुसार ठाकुर समूह ओली सरकारमा सहभागी भएमा प्रदेशका मन्त्रीहरुलाई हटाउने तयारीमा बसेका छन् । उनले पूर्वराजपाबाट मन्त्री बनेकाहरुलाई हटाउने तयारी गरेका हुन् ।

जसपाभित्रको विवादले प्रदेश २ को सरकारमा उथलपुथल हुने सम्भावना बलियो छ । मुख्यमन्त्री राउतले भने काँग्रेस र एमालेको माधवकुमार नेपाल समूहसँग सत्ताको नयाँ सहकार्य गर्ने रणनीति तयार भइसकेको छ । प्रदेश २ को १०७ सांसदमध्ये जसपाका ५५ छन् । यो संख्या स्पष्ट बहुमत हो ।

जसपा फुटेमा उपेन्द्र यादव समूह र महन्थ ठाकुर समूहमा आधा आधा सांसद संख्या रहने अवस्था छ । त्यतिबेला नेपाली काँग्रेस र नेकपा एमालेको माधव नेपाल पक्षसँग मिलेर फेरि लालबाबु राउत नै मुख्यमन्त्री बन्ने अवस्था बन्न सक्छ । एमालेसँग ३२ र नेपाली काँग्रेससँग १९ सांसद छन् । एमाले विभाजनका कारण नेपाल समूहमा केही सांसद छन् ।

जसपाको केन्द्रको फुटको असर अहिले नै प्रदेशमा पर्न थालेको छ । सत्ता संघर्षको नयाँ परिस्थिति विकास हुँदै गएको छ । विगतमा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी हुँदै गठबन्धन गरेर चुनाव लड्दा पाएको सफलतापछि सहमति बमोजिम राउत मुख्यमन्त्री बनेका थिए । तत्कालीन समाजवादी पार्टी र राजपा मिलेर प्रदेश २ मा सरकार गठन गरेका थिए । जसफा फुटेमा त्यो गठबन्धन पनि तोडिनेछ ।

यसैगरी, जसपाको ठाकुर समूहले ओली सरकारमा सहभागी हुँदा प्रदेश २ मा आफूपक्षीय मन्त्रीहरु हटाइने विषयलाई पनि ध्यान दिइरहेको बुझिएको छ । एमालेसँग मिलेर प्रदेश २ मा समेत सरकार आफैले बनाउने सम्भावनाबारे पनि ठाकुर समूहभित्र छलफल बढेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...